कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले आजसम्ममा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक नगरे १५औँ महाधिवेशनमा सहभागी हुन नपाउने भएका छन् । महामन्त्री प्रदीप पौडेल नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले पार्टीका सबै तहका पदाधिकारी तथा जनप्रतिनिधिलाई सदस्यता अद्यावधिक गर्न निर्देशन दिएको हो ।

कांग्रेसले सदस्यता अद्यावधिक गर्ने अन्तिम मिति आजसम्मलाई तोकेको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिले भनेको छ, क्रियाशील सदस्य रहेका सङ्घीय संसद्का सबै सदस्यहरू, प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरूले ज्येष्ठ २७ गते भित्र आफ्नो क्रियाशील सदस्यता अनिवार्यरुपमा अद्यावधिक गर्न र आफ्नो क्षेत्रभित्रका पार्टीका सबै तहलाई सक्रिय गराइ अद्यावधिक प्रक्रियामा सहजीकरण गर्न गराउन निर्देशन गरिन्छ ।

कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाइरहेका बेला क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य गरेको छ । कांग्रेसले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, जिल्ला, क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका तथा वडा समितिका पदाधिकारी तथा सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीलाई पनि सदस्यता अद्यावधिक गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...