इप्पानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था खारेज



हाम्रो इकोनोमि

 

 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा विधान संशोधन गर्न माग राखेका पक्षधरहरूको जित भएको छ । इप्पानको बैठकले संस्थाको विधान २०७८ लाई संशोधन गर्दै ‘वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने’ साविकको व्यवस्थालाई खारेज गर्ने निर्णय गरेको हो । यही जेठ २९ गते हुन गइरहेको इप्पानको २४ औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनमा यो प्रस्ताव आधिकारिक रूपमा लैजाने निर्णय कार्यसमितिले गरेको छ ।

इप्पानको निर्णयमा भनिएको छ– २०८३ साल जेष्ठ २५ गते सम्पन्न २०३ औँ बैठकले इप्पान विधान २०७८ लाई संशोधन गरी आगामी २०८३ साल जेष्ठ २९ गते हुने २४ औ वार्षिक साधारण सभाका लागि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्ने र विधान संशोधन भए पश्चात् एक कार्यकाल कार्य समितिमा रहेका विधान अनुसार योग्य भएका व्यक्ति अध्यक्ष उम्मेदवार हुन पाउने तथा अन्य सबै पदमा खुल्ला रूपमा उम्मेदवारी दिने गरी प्रस्ताव लैजान लागेको पनि जानकारी गराउन चाहन्छौँ ।

साधारण सभा पश्चात् यस पटक हालका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी नै अध्यक्ष बन्नेछन् । तर, यो व्यवस्था अन्त्य भई विधान संशोधन भए पश्चात् भने अर्को कार्यकालका लागि नेतृत्व चयन गर्दा खुला प्रतिस्पर्धाको ढोका खुल्नेछ । नयाँ संशोधित विधान बमोजिम एक कार्यकाल कार्यसमितिमा रहेका र विधान अनुसार योग्य ठहरिएका जुनसुकै सदस्यले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिन पाउनेछन् । अध्यक्षसँगै संस्थाका अन्य पदहरूमा समेत खुलारूपमा उम्मेदवारी दिने गरी प्रस्ताव अगाडि बढाइएको इप्पानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
देशभर भारी वर्षाको सम्भावना

    देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश...

एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...