चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियामा



हाम्रो इकोनोमि

 

 

चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जुले राष्ट्रपति सीलाई स्वागत गरेका छन् ।

चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको भिडियो फुटेजमा किम जोङ उन र उनकी पत्नी री सोल जुले मुस्कुराउँदै र ताली बजाउँदै चिनियाँ राष्ट्रपतिको स्वागत गरेको देखाइएको छ । विमानस्थलमा रातो गलैँचा ओछ्याइएको र त्यसको दुवैतर्फ उत्तर कोरियाली सेनाहरू लाइनबद्ध भएर उभिएको दृष्य भिडियोमा कैद छ ।

यद्यपि, सीसीटीभीको उक्त भिडियो क्लिपमा राष्ट्रपति सी र उनको टोलीलाई भने देखाइएको छैन । अर्को चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले भने किम जोङ उन र सी चिनपिङबिच हात मिलाएर भेटघाट भएको तथा उत्तर कोरियाली बालबालिकाहरूले राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई पुष्पगुच्छा अर्पण गरेको छुट्टै रिपोर्ट सार्वजनिक गरेको छ ।

दुई देशका शीर्ष नेताहरूबिच अहिले के-कस्ता विषयमा छलफल भइरहेको छ भन्नेबारे चीन वा उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले विस्तृत विवरण सार्वजनिक गरिसकेका छैनन् । भ्रमण सम्बन्धी थप अपडेटहरू आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...