वैदेशिक रोजगार व्यवसायी संघमा डिक बहादुरको प्यानल नै विजयी



हाम्रो इकोनोमि

 

 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षका उम्मेदवार डिक बहादुर खत्री (कुमार) प्यानलसहित विजयी भएका छन । नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाली कम्युनिस्ट पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेसनिकट केही व्यवसायी मिलेर बनेको संयुक्त व्यवसायी समूहले निर्वाचनमा प्यानल खडा गरेका थिए ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले संघका पूर्वमहासचिव मेघनाथ भुर्तेल र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहले नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्व द्वितीय उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीको समूहलाई हराउँदै खत्री अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदमा विजयी खत्रीले ३ सय ४७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भुर्तेलले १ सय ९२ र पाण्डेले १ सय ७० मत पाएका छन् ।

भर्खरै सकिएको मतगणनामा प्रथम उपाध्यक्षमा महेश बस्नेत (२४१ मत), द्वितीय उपाध्यक्षमा अनिल बोगटी (३१५ मत), तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल (२५ मत), महासचिवमा हरि डॉगी (२७३ मत), सचिवमा केदार नाथ अधिकारी (२९४ मत) र कोषाध्यक्षमा धनमाया सिन्जाली (३२३ मत) प्राप्त गरी बिजयी भएका छन् । प्रगतिशील प्यानलले १७ सदस्यीय कार्यसमितिमा पदाधिकारी ७ मध्ये ६ र १० कार्यसमिति सदस्यमध्ये ८ सदस्य जितेको छ । एसोसिएसन प्यानलबाट तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल र दुई सदस्य गीता राउत र दीक्षा दाहालले जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...