बालेनको गरिमा र जिम्मेवारीबारे गम्भीर प्रश्न उठ्यो : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव महश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको हर्कतले पदीय गरिमा कायम हुन नसकेको भन्दै कडा आलोचना गर्नुभएको छ । प्रधानमन्त्री बालेनले आफ्नो फेसबुक पृष्ठमा मध्यरातमा लेखेको ‘मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर दिनुस् न’ भन्ने स्टाटसले पदको गरिमा र जिम्मेवारीबारे गम्भीर प्रश्न उठेको बस्नेतले बताउनु भएको हो । प्रधानमन्त्री जस्तो उच्च पदमा रहेको व्यक्तिबाट सार्वजनिक रूपमा यस्ता व्यंग्यात्मक अभिव्यक्ति आउनु कति उपयुक्त हो भन्दै बस्नेतले प्रश्न समेत गर्नुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै बस्नेतले भन्नुभएको छ, उनले भने, अझ मधेशकै एक वरिष्ठ कर्मचारीमाथि सोही व्यहोराको एसएमएस लेखेबापत प्रहरीबाट दुर्व्यवहार भइरहेका बेला त्यसलाई गम्भीर रूपमा सम्बोधन गर्नुको सट्टा  आफू नै मधेसको छौरा हुँ’ भनेर दाबी गर्ने व्यक्तिले यसरी व्यंग्य गर्नु अमानवीय कार्य हो ।

यो शैलीले परिपक्व नेतृत्वभन्दा व्यक्तिगत असन्तुष्टि र आक्रोश बढी झल्काउने निश्कर्ष बस्नेतको छ। राज्य सञ्चालन गर्ने व्यक्तिबाट संयम, जिम्मेवारी र संस्थागत मर्यादाको अपेक्षा गरिने बताउँदै बस्नेतले व्यक्तिगत कटाक्षको नगरेको जिकिर गर्नुभयो । कहिलेकाहीँ यस्तो व्यवहारले बालेन अत्यधिक इगो हर्ट भएको व्यक्ति त हुँदै हो तर पछिल्लो उनको व्यवहारले उनलाई मनोवैज्ञानिक परामर्श गराउन आवश्यक चरणमा पुगेका हुन् कि भन्ने देखाउँछ, एमाले सचिव बस्नेतले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...