अण्डाको भाउ बढेको बढ्यै, उपभोक्ता मर्कामा



हाम्रो इकोनोमि

 

 

अण्डाको मूल्य लगातार बढिरहेको छ । पछिल्लो एक महिनामै अण्डाको मूल्यमा झण्डै एक सय रुपैयाँले वृद्धि भएको हो । नेपाल लेयर्स कुखुरापालक संघले गत वैशाख २३ गतेदेखि जेठ २३ गतेसम्म पाँच पटक अण्डाको मूल्य निर्धारण गरेको छ ।  वैशाख अन्तिमतिर प्रतिक्रेट चार सय ६५ रुपैयाँ रहेको अण्डा अहिले बढेर पाँच सय ६० रुपैयाँ पुगेको छ । संघले मूल्यवृद्धिको कारण भने खुलाएको छैन । यसले लागत,दाना,ढुवानी, आपूर्तिलगायत कारणले मूल्यवृद्धि भएको हो कि अन्य कारणले ? प्रश्न उठेको छ । 

यता, अण्डाको मूल्य लगातार बढ्दा आम उपभोक्ता मर्कामा परेका छन् । अण्डा दैनिक उपभोग्य वस्तु भएकाले यसको मूल्यवृद्धिको असर उपभोक्तामाथि पर्नु स्वभाविक हो । तर, कारण नै नखुलाई लगातारको मूल्यवृद्धिले प्रश्न उब्जाएको छ ।  बजारमा पर्याप्त उत्पादन हुँदाहुँदै अण्डाको भाउ बढाइएको आरोपसमेत लागिरहेको छ । अर्कोतर्फ, अण्डाको मूल्य निर्धारण गर्ने संघमा ठूला पोल्ट्री फर्मका लगानीकर्ता तथा प्रतिनिधि रहेकोले मनलाग्दी रुपमा मूल्य बढाइएको पनि आरोप छ । 

पोल्ट्री व्यवसायीहरुको प्रभाव र पहुँचमा अण्डाको मूल्य बढाइएको हो कि होइन ? छानबिन हुनुपर्ने आवाज उठ्न थालेको छ । यद्यपि, यसतर्फ सरोकारवाला निकायहरुको ध्यान गएको छैन ।  कृषि, वन तथा पर्यावरण मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, प्रशासन तथा सम्बन्धित निकायहरुले अण्डाको मूल्य निर्धारण र मूल्यवृद्धिप्रति चासो दिएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस
देशभर भारी वर्षाको सम्भावना

    देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश...

एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...