अण्डाको भाउ बढेको बढ्यै, उपभोक्ता मर्कामा



हाम्रो इकोनोमि

 

 

अण्डाको मूल्य लगातार बढिरहेको छ । पछिल्लो एक महिनामै अण्डाको मूल्यमा झण्डै एक सय रुपैयाँले वृद्धि भएको हो । नेपाल लेयर्स कुखुरापालक संघले गत वैशाख २३ गतेदेखि जेठ २३ गतेसम्म पाँच पटक अण्डाको मूल्य निर्धारण गरेको छ ।  वैशाख अन्तिमतिर प्रतिक्रेट चार सय ६५ रुपैयाँ रहेको अण्डा अहिले बढेर पाँच सय ६० रुपैयाँ पुगेको छ । संघले मूल्यवृद्धिको कारण भने खुलाएको छैन । यसले लागत,दाना,ढुवानी, आपूर्तिलगायत कारणले मूल्यवृद्धि भएको हो कि अन्य कारणले ? प्रश्न उठेको छ । 

यता, अण्डाको मूल्य लगातार बढ्दा आम उपभोक्ता मर्कामा परेका छन् । अण्डा दैनिक उपभोग्य वस्तु भएकाले यसको मूल्यवृद्धिको असर उपभोक्तामाथि पर्नु स्वभाविक हो । तर, कारण नै नखुलाई लगातारको मूल्यवृद्धिले प्रश्न उब्जाएको छ ।  बजारमा पर्याप्त उत्पादन हुँदाहुँदै अण्डाको भाउ बढाइएको आरोपसमेत लागिरहेको छ । अर्कोतर्फ, अण्डाको मूल्य निर्धारण गर्ने संघमा ठूला पोल्ट्री फर्मका लगानीकर्ता तथा प्रतिनिधि रहेकोले मनलाग्दी रुपमा मूल्य बढाइएको पनि आरोप छ । 

पोल्ट्री व्यवसायीहरुको प्रभाव र पहुँचमा अण्डाको मूल्य बढाइएको हो कि होइन ? छानबिन हुनुपर्ने आवाज उठ्न थालेको छ । यद्यपि, यसतर्फ सरोकारवाला निकायहरुको ध्यान गएको छैन ।  कृषि, वन तथा पर्यावरण मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, प्रशासन तथा सम्बन्धित निकायहरुले अण्डाको मूल्य निर्धारण र मूल्यवृद्धिप्रति चासो दिएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...