मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ



हाम्रो इकोनोमि

 

 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको कटारीबाट आफैँले मोटरसाइकल चलाएर बेलका जाँदै गर्दा उनी हिजे दुर्घटनामा परेका हुन् । साम्पाङले एउटा हातले मोटरसाइकल चलाएर अर्को हातले भिडिओ खिचिरहेका थिए । त्यही असन्तुलित भएर मोटरसाइकल लडेको श्रम संस्कृति पार्टीका एक नेताले बताए । लडेर उठेपछि पनि साम्पाङले भिडिओ खिचेर आफ्नो हातमा लागेको चोट देखाएका थिए । उनको एउटा हातको छाला नराम्ररी ताछेको देखिएको छ । साथै सुरुवाल पनि उध्रेको छ ।

साम्पाङले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्– म आफैँ लडेँ चोट मलाई नै लाग्यो । अलि अलि चोट लाग्नु नि पर्छ तर देशलाई चोट दिएको छैन मैले । धेरै नकराउनु । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले दुर्घटनाबारे जानकारी गराउँदै अध्यक्ष साम्पाङलाई सामान्य चेटपटक मात्र लागेको र स्वास्थ्य अवस्था सुधारोन्मूख रहेको बताएका छन् । उनले लेखेका छन् हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो, तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदा झैँ सकृय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...