मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ



हाम्रो इकोनोमि

 

 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको कटारीबाट आफैँले मोटरसाइकल चलाएर बेलका जाँदै गर्दा उनी हिजे दुर्घटनामा परेका हुन् । साम्पाङले एउटा हातले मोटरसाइकल चलाएर अर्को हातले भिडिओ खिचिरहेका थिए । त्यही असन्तुलित भएर मोटरसाइकल लडेको श्रम संस्कृति पार्टीका एक नेताले बताए । लडेर उठेपछि पनि साम्पाङले भिडिओ खिचेर आफ्नो हातमा लागेको चोट देखाएका थिए । उनको एउटा हातको छाला नराम्ररी ताछेको देखिएको छ । साथै सुरुवाल पनि उध्रेको छ ।

साम्पाङले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्– म आफैँ लडेँ चोट मलाई नै लाग्यो । अलि अलि चोट लाग्नु नि पर्छ तर देशलाई चोट दिएको छैन मैले । धेरै नकराउनु । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले दुर्घटनाबारे जानकारी गराउँदै अध्यक्ष साम्पाङलाई सामान्य चेटपटक मात्र लागेको र स्वास्थ्य अवस्था सुधारोन्मूख रहेको बताएका छन् । उनले लेखेका छन् हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो, तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदा झैँ सकृय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...