चितवनका ४२ शैक्षिक परामर्श केन्द्रसँग स्काइलाइन इन्टरनेशनल कलेजको अन्तरक्रिया



हाम्रो इकोनोमि

 

वैदेशिक शिक्षाको क्षेत्रमा सहकार्य तथा सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने उद्देश्यले स्काइलाइन इन्टरनेशनल कलेज ले चितवनका ४२ वटा शैक्षिक परामर्श केन्द्र (एजुकेशन कन्सल्टेन्सी) सँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कलेजका कन्ट्री म्यानेजर रमेश पान्डे तथा सेल्स एण्ड मार्केटिङ अफिसर भुपेन्द्र घताने को नेतृत्वमा सम्पन्न उक्त भ्रमणका क्रममा विभिन्न कन्सल्टेन्सीका प्रतिनिधिहरूसँग अन्तर्राष्ट्रिय शिक्षा बजारको वर्तमान अवस्था, विद्यार्थीको बढ्दो रुचि, अध्ययन गन्तव्यको छनोट तथा भिसा प्रक्रियासम्बन्धी विषयमा छलफल गरिएको थियो ।

भेटघाटका अवसरमा टोलीले विद्यार्थीलाई सही शैक्षिक मार्गदर्शन प्रदान गर्न शैक्षिक संस्था र परामर्श केन्द्रबीचको समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएको थियो। साथै विदेश अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थीहरूलाई विश्वसनीय र अद्यावधिक जानकारी उपलब्ध गराउने विषयमा समेत विचार आदानप्रदान गरिएको थियो । स्काइलाइन इन्टरनेशनल कलेज ले देशभरका शैक्षिक परामर्श केन्द्रहरूसँग सहकार्य विस्तार गर्दै विद्यार्थी केन्द्रित सेवा र गुणस्तरीय शैक्षिक परामर्शलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...