कुनै हालतमा अध्यक्ष नछाड्ने ओलीको घोषणा



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष केपी ओलीले पार्टी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै नेतृत्व तत्काल नछाड्ने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पुस ३ गते अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि आफूलाई अध्यक्ष छानेको बताए ।

उनले भने अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भो भने, कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन । त्यसका निम्ति होइन, जस्तोसुकै परिस्थिति आए पनि सङ्घर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको सङ्घर्षको नेतृत्व गर्नु हो । सङ्घर्षको नेतृत्व गर्नु, अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो । उनले आफूले नेतृत्व छाड्छ भन्ने कुनै आशङ्का नराख्न आग्रह गरे ।

उनले थपे मैले बीचमै झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशङ्का मनमा नलिनुहोला । म अप्ठ्यारो परिस्थितिसँग जुधेर, पार्टीलाई अगाडि बढाएर, पार्टीलाई सफलतामा पुर्‍याएर अनि विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत पार्टीका आफ्ना विधान, विधि, प्रक्रिया छन्, त्यसबमोजिम मैले विश्राम लिने स्थिति बन्छ । पार्टी, आन्दोलन र देशलाई यस चुनौतीको सामना गर्दै अगाडि बढाउने सङ्कल्प दृढ रहेको बताए ।

उनले विद्या भण्डारीले सदस्यता नवीकरणको लागि आवेदन दिएकाले अहिले दिएको बताए । उनले भने ‘विद्या भण्डारीजीको कुरा अहिले पनि उठिराखेको छ । उठाउनै पर्दैन, उहाँ राष्ट्रपति भएका बेला सदस्य हुनुहुन्नथ्यो । नभएको सदस्यता नवीकरण हुँदैनथ्यो । अस्ति भर्खर उहाँले आवेदन दिनुभयो । आवेदन दिएपछि कमिटीले उहाँको सदस्यता दियो। यसमा भ्रम राख्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...