प्रधानमन्त्रीले देशद्रोही कुरा गरे, खरानी उठाएर लैजा सरकार : ओली



हाम्रो इकोनोमि

 

 

 

 

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन शाहले सदनको रोष्ट्रमबाट देशद्रोही कुरा गरेको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले भारतको एक इन्च पनि जमिन नमिचेको जिकिर गरे ।

उनले भने सम्पूर्ण रूपमा असत्य, झूट र राष्ट्रघाती बचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुहुँदैनथ्यो। नेपालको विपक्षमा बोल्ने काम भयोरु त्यस दिन सदनमा गएर कसको हितमा बोलियो ? नेपाली जनतालाई यो भन्दा बढी हेप्ने अरू कुनै ठाउँ हुँदैन ।

उनले देशद्रोही कुराका कतिपयले समर्थन गरेको देख्दा अचम्म लागेको बताए। सीमाबारे दुई देशको कुरामा अर्को देशलाई तान्ने कुरा अकूटनीतिक भएको टिप्पणी गरे । उनले भने हाम्रा छिमेकीहरूसँगको छलफलमा दुई पक्षीय हिसाबले समाधान गर्छौँ । तेस्रो पक्ष सहभागी गराउँदैनौँ । प्रधानमन्त्रीले भने यो नेपालको नीति हो भनेर, नेपाल तपाईँको घरको सम्पत्ति होइन । तपाई जन्मिनुभन्दा धेरै अगाडिको देश हो ।
ओलीले सरकारले बनाएको सम्पत्ति छानबिन आयोगलाई बयान नदिने घोषणा गरेका छन् ।  कार्यक्रममा बोल्दै यस्ता आयोगलाई मान्यता नदिने बताए ।

उनले भने अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ । यो राज्य, राज्य होइन । कसैको अचाक्ली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस् । त्यो आयोग कि समिति के होरु त्यो कुनै संवैधानिक आयोग, समिति केही पनि होइन । नयाँलाई छानबिन नगर्ने, सेनालाई छानबिन नगर्ने, केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुरानालाई जसरी पनि फसाउनको लागि आयोग बनाइएको बताए।

उनले थपे फेरि पनि म भन्न चाहन्छु, यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ । त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन्नँ, जे जे गर्न सक्छ गरोस् । यो राज्य ।  यो पूर्वाग्रह र प्रतिशोधको पोको हो, त्यो कुराहरू स्वीकार्य हुन सक्दैन । अकुत सम्पत्ति देखियो भने छानबिन गरोस् । आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण, खरानी भर्दिने मैले रु सम्पत्ति विवरण फेरि चाहियो  ? आगो लगाएर पुगेन सम्पत्ति विवरण रु खरानी छ उठाएर लैजा सरकार के को सम्पत्ति विवरण ?

प्रतिक्रिया दिनुहोस
एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….

    सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...