प्रधानमन्त्रीले देशद्रोही कुरा गरे, खरानी उठाएर लैजा सरकार : ओली



हाम्रो इकोनोमि

 

 

 

 

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन शाहले सदनको रोष्ट्रमबाट देशद्रोही कुरा गरेको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले भारतको एक इन्च पनि जमिन नमिचेको जिकिर गरे ।

उनले भने सम्पूर्ण रूपमा असत्य, झूट र राष्ट्रघाती बचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुहुँदैनथ्यो। नेपालको विपक्षमा बोल्ने काम भयोरु त्यस दिन सदनमा गएर कसको हितमा बोलियो ? नेपाली जनतालाई यो भन्दा बढी हेप्ने अरू कुनै ठाउँ हुँदैन ।

उनले देशद्रोही कुराका कतिपयले समर्थन गरेको देख्दा अचम्म लागेको बताए। सीमाबारे दुई देशको कुरामा अर्को देशलाई तान्ने कुरा अकूटनीतिक भएको टिप्पणी गरे । उनले भने हाम्रा छिमेकीहरूसँगको छलफलमा दुई पक्षीय हिसाबले समाधान गर्छौँ । तेस्रो पक्ष सहभागी गराउँदैनौँ । प्रधानमन्त्रीले भने यो नेपालको नीति हो भनेर, नेपाल तपाईँको घरको सम्पत्ति होइन । तपाई जन्मिनुभन्दा धेरै अगाडिको देश हो ।
ओलीले सरकारले बनाएको सम्पत्ति छानबिन आयोगलाई बयान नदिने घोषणा गरेका छन् ।  कार्यक्रममा बोल्दै यस्ता आयोगलाई मान्यता नदिने बताए ।

उनले भने अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ । यो राज्य, राज्य होइन । कसैको अचाक्ली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस् । त्यो आयोग कि समिति के होरु त्यो कुनै संवैधानिक आयोग, समिति केही पनि होइन । नयाँलाई छानबिन नगर्ने, सेनालाई छानबिन नगर्ने, केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुरानालाई जसरी पनि फसाउनको लागि आयोग बनाइएको बताए।

उनले थपे फेरि पनि म भन्न चाहन्छु, यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ । त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन्नँ, जे जे गर्न सक्छ गरोस् । यो राज्य ।  यो पूर्वाग्रह र प्रतिशोधको पोको हो, त्यो कुराहरू स्वीकार्य हुन सक्दैन । अकुत सम्पत्ति देखियो भने छानबिन गरोस् । आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण, खरानी भर्दिने मैले रु सम्पत्ति विवरण फेरि चाहियो  ? आगो लगाएर पुगेन सम्पत्ति विवरण रु खरानी छ उठाएर लैजा सरकार के को सम्पत्ति विवरण ?

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...