सीमा नाकाबाट ५ सय सम्मको सामान ल्याउन पाउने



हाम्रो इकोनोमि

 

 

सरकारले स्थल सीमा नाकामा ओहोरदोहोर गर्दा १ सय रुपैयाँ भन्दा बढीको सामान भित्र्याउन नपाइने नियमको सीमा बढाएको छ । यात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तुसम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साविकमा १ सय रुपैयाँसम्म रहेको सीमा बढाएर ५ सय पुर्‍याएको छ ।

स्थलमार्गबाट सिमाना ओहोर दोहोर गर्ने व्यक्तिलाई हवाईमार्गबाट आवतजावत गर्नेसरहको सुविधा दिइएको छैन । राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ ।

तर, भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्था यथावत राखिएको छ ।

यसअघि १५ जेठ २०८२ मा प्रकाशित सूचना अनुसार सीमा नाकामा १ सय रुपैयाँ भन्दा माथिको वस्तु भित्र्याउन नपाउने गरी नियम राखिएको थियो । सो नियम कार्यान्वयन गर्दा केही साता अघि सीमा नाकामा तनाव भएको थियो ।

संसदमा समेत यो विषयले प्रवेश पाएको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो नियम अघिल्ला सरकारले बनाएको भन्दै यस पटक छुट सीमा बढाउने आश्वासन दिएका थिए । सीमा क्षेत्रका नेपाली व्यवसायीले भने सरकारको यो कदमको स्वागत गर्दै आएका छन् । सरकारले पटक पटक यो नियममा कडाइ गर्न खोजे पनि सफल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...