एमालेको राष्ट्रिय कार्यशाला सुरु, ओलीले गरे उदघाटन



हाम्रो इकोनोमि

 

नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यशाला उदघाटन गरेका छन् ।

२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् । उनले केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालाको उदघाटन गमलामा रोपिएको बिरुवामा पानी हालेर गरे ।

प्रतिनिधिसभाको चुनावमा पराजित भएपछि ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । बालेन शाह नेतृत्वको सरकार गठनको भोलिपल्टै पक्राउ परे । रिहा भएपछि पत्थरी अपरेसन गरेर ओली घरमै आराम गरिरहेका थिए । पार्टीका सचिवालय बैठक र नेताहरूसँग संवादमा भने निरन्तर जोडिएका थिए ।

आजको कार्यक्रममा ओलीसहित पार्टीका पदाधिकारीहरू पनि सहभागी छन् । प्रधानमन्त्री वालेन्द्रले संसदको रोष्ट्रमबाट नेपाल-भारत सीमाबारे विवादित अभिव्यक्तिले राजनीति बहस गरमाएको बेला ओलीले के बोल्छन् भन्ने पनि चासो छ । एमालेको कार्यक्रमस्थलमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ ।

 

 

   

        

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...