एमालेको राष्ट्रिय कार्यशाला सुरु, ओलीले गरे उदघाटन



हाम्रो इकोनोमि

 

नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यशाला उदघाटन गरेका छन् ।

२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् । उनले केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालाको उदघाटन गमलामा रोपिएको बिरुवामा पानी हालेर गरे ।

प्रतिनिधिसभाको चुनावमा पराजित भएपछि ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । बालेन शाह नेतृत्वको सरकार गठनको भोलिपल्टै पक्राउ परे । रिहा भएपछि पत्थरी अपरेसन गरेर ओली घरमै आराम गरिरहेका थिए । पार्टीका सचिवालय बैठक र नेताहरूसँग संवादमा भने निरन्तर जोडिएका थिए ।

आजको कार्यक्रममा ओलीसहित पार्टीका पदाधिकारीहरू पनि सहभागी छन् । प्रधानमन्त्री वालेन्द्रले संसदको रोष्ट्रमबाट नेपाल-भारत सीमाबारे विवादित अभिव्यक्तिले राजनीति बहस गरमाएको बेला ओलीले के बोल्छन् भन्ने पनि चासो छ । एमालेको कार्यक्रमस्थलमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ ।

 

 

   

        

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...