भाजपा कार्यालयमा रवि लामिछानेलाई भव्य स्वागत



हाम्रो इकोनोमि

 

 

भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले आजबाट राजनीतिक भेटघाट सुरू गरेका छन् । सत्तारुढ भाजपाको निमन्त्रणामा दिल्ली गएका उनको भाजपा पार्टी कार्यालयमा भव्य स्वागत भएको छ ।

रवि भाजपा कार्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित उनलाई भाजपा नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए । उनले भाजपाका अध्यक्ष नीतिन नविनसँग भेटेका छन् । भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपाको कार्यालयको संरचनाबारे जानकारी गराएका थिए ।

भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।

लामिछाने पाँच दिने भ्रमणका लागि सोमबार भारत गएका हुन् । उनले नेपाली समुदाय र समर्थकहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । भारत बसाइका क्रममा उनले अयोध्या भ्रमण समेत गर्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...