भाजपा कार्यालयमा रवि लामिछानेलाई भव्य स्वागत



हाम्रो इकोनोमि

 

 

भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले आजबाट राजनीतिक भेटघाट सुरू गरेका छन् । सत्तारुढ भाजपाको निमन्त्रणामा दिल्ली गएका उनको भाजपा पार्टी कार्यालयमा भव्य स्वागत भएको छ ।

रवि भाजपा कार्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित उनलाई भाजपा नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए । उनले भाजपाका अध्यक्ष नीतिन नविनसँग भेटेका छन् । भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपाको कार्यालयको संरचनाबारे जानकारी गराएका थिए ।

भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।

लामिछाने पाँच दिने भ्रमणका लागि सोमबार भारत गएका हुन् । उनले नेपाली समुदाय र समर्थकहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । भारत बसाइका क्रममा उनले अयोध्या भ्रमण समेत गर्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...