दरबार हत्याकाण्डको छानविन गर्न ज्ञानेन्द्र शाहीको माग



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दरबार हत्याकण्डलाई लिएर तत्कालीन गृहमन्त्री तथा हालका राष्ट्रपति रामचन्द्र पौडेलको बयान लिनुपर्ने धारणा राखेका छन् । उनले सामाजिक सञ्जालमा स्टटास लेख्दै आज यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

पूर्वराजपरिवारप्रति श्रद्धान्जली अर्पण गर्दै शाहीले लेखेका  छन्   हामी न्याय खोजिरहेका छौँ । राजपरिवारले न्याय नपाएको देशमा के गरिब, दुःखी र निमुखा जनताले न्याय पाउँथे र ?

हत्याकाण्ड कसले गर्यो भन्ने प्रश्न आज पनि धेरै नेपालीको मनमा जिवित रहेको उनले बताएका छन् । त्यसैले यस घटनाको निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय छानबिन गर्नुपर्ने उनले सुझाएका छन् । यही सन्दर्भमा राष्ट्रपति पौडेललाई छानविनमा प्रक्रियामा तान्न उनले सुझाव दिएका हुन् ।

शाहीले लेखेका छन् नेपाल सरकारलाई मेरो विनम्र अपिल छ । दरबार हत्याकाण्ड भएको समयमा देशका गृहमन्त्री रहनुभएका व्यक्ति आज राष्ट्रपतिको जिम्मेवारीमा हुनुहुन्छ । त्यस समयको परिस्थितिबारे उहाँसँग महत्त्वपूर्ण जानकारी, अनुभव वा दृष्टिकोण हुन सक्ने भएकाले सत्यतथ्य पत्ता लगाउने उद्देश्यले उहाँको बयान लिने, आवश्यक जानकारी माग्ने वा छानबिन प्रक्रियामा सहयोग गर्न अनुरोध गर्ने विषयमा सम्बन्धित निकायले विचार गरोस् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...