आज पनि देशैभर वर्षाको सम्भावना



हाम्रो इकोनोमि

 

 

रातिदेखि नै जारी वर्षा आज पनि कायम रहने भएको हो । देशैभर भएको वर्षाले गर्मीमा राहत मिलेको छ । मौसमविद बिनु महर्जनका अनुसार गण्डकी र लुम्बिनीका केही जिल्लामा अहिले पनि पानी परिरहेको छ । पानी पार्ने यो प्रणाली क्रमश: पूर्वतिर सरिरहेको छ । त्यसको प्रभावले काठमाडौं उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशमा पनि वर्षा हुने पूर्वानुमान गरिएको हो । अहिले केही कम भए पनि आज दिउँसो देशैभर वर्षा हुने सम्भावना छ । आजै राति तराई र पहाडी क्षेत्रमा हावाहुरी चल्नसक्ने सम्भावना पनि छ  मौसमविद महर्जनले भनिन्के हीबेर रोकिए पनि फेरि पानी पर्ने सम्भावना छ ।

उनका अनुसार कुनै–कुनै ठाउँमा भारी वर्षा हुने सम्भावना पनि छ । गएराति काठमाडौं उपत्यकामा पनि ठूलो पानी परेको थियो । ललितपुरको खुमलटारस्थित अटोमेटिक स्टेसनले एक घण्टा अवधिमै ५४.८ मिलिमिटर वर्षा मापन गरेको थियो । तर आज बिहान हेर्दा खुमलटारको वर्षा मापन ५५.४ मिलिमिटर देखिएको थियो । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६०.५ मिलिमिटर वर्षा मापन भएको थियो ।

 

सुदूरपश्चिम र गण्डकीमा भारी वर्षा  

गत २४ घण्टामा डडेलधुराको ज्यामिरखालीमा सबैभन्दा धेरै १४४ मिलिमिटर वर्षा भएको थियो । यसैगरी कैलालीको बुढिआममा ११४.८ मिलिमिटर वर्षा मापन भएको थियो ।

पूर्वी नवलपरासीको देउरालीमा ११७.२, पर्वतको पन्चासेमा १००, धनकुटाको पाख्रिबासमा ८९.४, सिन्धुपाल्चोकको गोब्रेमा ८० र काठमाडौंको बबरमहलमा ७७ मिलिमिटर वर्षा मापन भएको थियो , काठमाडौंमा वर्षाले सडकहरु जलमग्न हुँदा आउ–जाउ गर्न कठिनाइ भएको थियो ।

 

आइतबारदेखि सुधार हुनेछ मौसम

मौसमविद महर्जनका अनुसार हिजो र आज सक्रिय पानी पार्ने प्रणाली आइतबारदेखि क्रमश: सुधार हुँदै जाने सम्भावना छ । आइतबार पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने भए पनि तराईतिर पानी पर्न कम हुँदै जाने छ । जुन महिनाको २ तारिख अर्थात् जेठ १९ गतेदेखि पानी पर्न अझै कम हुने सम्भावना रहेको मौसमविद महर्जनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...