आज पनि देशैभर वर्षाको सम्भावना



हाम्रो इकोनोमि

 

 

रातिदेखि नै जारी वर्षा आज पनि कायम रहने भएको हो । देशैभर भएको वर्षाले गर्मीमा राहत मिलेको छ । मौसमविद बिनु महर्जनका अनुसार गण्डकी र लुम्बिनीका केही जिल्लामा अहिले पनि पानी परिरहेको छ । पानी पार्ने यो प्रणाली क्रमश: पूर्वतिर सरिरहेको छ । त्यसको प्रभावले काठमाडौं उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशमा पनि वर्षा हुने पूर्वानुमान गरिएको हो । अहिले केही कम भए पनि आज दिउँसो देशैभर वर्षा हुने सम्भावना छ । आजै राति तराई र पहाडी क्षेत्रमा हावाहुरी चल्नसक्ने सम्भावना पनि छ  मौसमविद महर्जनले भनिन्के हीबेर रोकिए पनि फेरि पानी पर्ने सम्भावना छ ।

उनका अनुसार कुनै–कुनै ठाउँमा भारी वर्षा हुने सम्भावना पनि छ । गएराति काठमाडौं उपत्यकामा पनि ठूलो पानी परेको थियो । ललितपुरको खुमलटारस्थित अटोमेटिक स्टेसनले एक घण्टा अवधिमै ५४.८ मिलिमिटर वर्षा मापन गरेको थियो । तर आज बिहान हेर्दा खुमलटारको वर्षा मापन ५५.४ मिलिमिटर देखिएको थियो । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६०.५ मिलिमिटर वर्षा मापन भएको थियो ।

 

सुदूरपश्चिम र गण्डकीमा भारी वर्षा  

गत २४ घण्टामा डडेलधुराको ज्यामिरखालीमा सबैभन्दा धेरै १४४ मिलिमिटर वर्षा भएको थियो । यसैगरी कैलालीको बुढिआममा ११४.८ मिलिमिटर वर्षा मापन भएको थियो ।

पूर्वी नवलपरासीको देउरालीमा ११७.२, पर्वतको पन्चासेमा १००, धनकुटाको पाख्रिबासमा ८९.४, सिन्धुपाल्चोकको गोब्रेमा ८० र काठमाडौंको बबरमहलमा ७७ मिलिमिटर वर्षा मापन भएको थियो , काठमाडौंमा वर्षाले सडकहरु जलमग्न हुँदा आउ–जाउ गर्न कठिनाइ भएको थियो ।

 

आइतबारदेखि सुधार हुनेछ मौसम

मौसमविद महर्जनका अनुसार हिजो र आज सक्रिय पानी पार्ने प्रणाली आइतबारदेखि क्रमश: सुधार हुँदै जाने सम्भावना छ । आइतबार पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने भए पनि तराईतिर पानी पर्न कम हुँदै जाने छ । जुन महिनाको २ तारिख अर्थात् जेठ १९ गतेदेखि पानी पर्न अझै कम हुने सम्भावना रहेको मौसमविद महर्जनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...