बिदाको दिनपनि सर्वोच्चमा सुनुवाई



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालत आज र भोलि आंशिक रुपमा खुला रहने भएको छ । लगातार चार दिन बिदा परेपछि सर्वोच्चले आज र भोलि ११ देखि ३ बजेसम्म सेवा दिन लागेको हो । बन्दी प्रत्यक्षीकरणको रिटउपर सुनुवाईका निम्ति अदालत खुला रहने सर्वोच्च प्रशासनले जनाएको छ । 

जेठ १४ गतेदेखि १७ गतेसम्म लगातार सार्वजनिक बिदा परेको र सो अवधिमा सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाई गर्ने प्रयोजनका लागि मिति २०८३ साल जेठ १४ र १५ गते बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म सर्वोच्च अदालत (इजलास) खुला रहने जारी सूचनामा उल्लेख छ । 

आज मुस्लिम धर्मावलम्बीको प्रमुख चाड ईद र भोलि गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा दिइएको छ । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेकाले शनिबार र आइतबार सबै कार्यालय, विद्यालय, अस्पताल बन्द रहनेछ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...