बिदाको दिनपनि सर्वोच्चमा सुनुवाई



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालत आज र भोलि आंशिक रुपमा खुला रहने भएको छ । लगातार चार दिन बिदा परेपछि सर्वोच्चले आज र भोलि ११ देखि ३ बजेसम्म सेवा दिन लागेको हो । बन्दी प्रत्यक्षीकरणको रिटउपर सुनुवाईका निम्ति अदालत खुला रहने सर्वोच्च प्रशासनले जनाएको छ । 

जेठ १४ गतेदेखि १७ गतेसम्म लगातार सार्वजनिक बिदा परेको र सो अवधिमा सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाई गर्ने प्रयोजनका लागि मिति २०८३ साल जेठ १४ र १५ गते बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म सर्वोच्च अदालत (इजलास) खुला रहने जारी सूचनामा उल्लेख छ । 

आज मुस्लिम धर्मावलम्बीको प्रमुख चाड ईद र भोलि गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा दिइएको छ । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेकाले शनिबार र आइतबार सबै कार्यालय, विद्यालय, अस्पताल बन्द रहनेछ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...