हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार



हाम्रो इकोनोमि

 

 प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन् । आफूहरूले निरन्तर प्रधानमन्त्रीको जवाफ खोजिरहेको भन्दै उनले सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गरे । सभामुखले हिजो पनि यो विषयमा कुरा भएको बताए ।

साम्पाङले प्रधानमन्त्री उपस्थित हुनुपर्ने अन्यथा आफूलाई बैठकबाट निकाल्नुपर्ने माग राखे । प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ मा प्रधानमन्त्री र मन्त्रीले प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ सात दिनभित्र दिनुपर्ने व्यवस्था छ । यसको पालना प्रधानमन्त्रीले नगरेको साम्पाङको भनाइ छ ।

यस्तोमा बरु आफूलाई नै संसद् बैठकबाट निकाल्न उनले सभामुखलाई आग्रह गरे । केहीबेर सवालजवाफ भएपछि साम्पाङ बैठक कक्षबाट निस्किए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...