इजरायलमा २ हजार ३ सय जना नेपाली कामदार माग



हाम्रो इकोनोमि

 

वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३ सय जना नेपाली श्रमिक माग गरेको छ। नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न नेपाली श्रमिक छनोटका लागि आवेदन खुलाइएको विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार माग गरिएको कुल संख्यामध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कोटा छुट्याइएको छ । छनोट भएका कामदारले इजरायलमा मासिक ६ हजार ४ सय ४३.८५ इजरायली सेकेल (करिब ३ लाख ४७ हजार रुपैयाँ) बराबर तलब पाउने उल्लेख छ । यसबाहेक ओभरटाइम, वार्षिक बिदा, खाना तथा बसोबाससम्बन्धी सुविधा पनि उपलब्ध हुने जनाइएको छ ।

सूचनाअनुसार करार अवधि एक वर्षको हुनेछ भने आवश्यकता अनुसार थप गर्न सकिनेछ । आवेदन दिन चाहने नेपाली नागरिकको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्नेछ । आवेदक कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल पुगेको हुनुपर्ने तथा सम्बन्धित क्षेत्रमा तालिम वा अनुभव आवश्यक पर्ने उल्लेख गरिएको छ ।

विभागका अनुसार आवेदन अनलाइनमार्फत दिन सकिनेछ । आवेदन फाराम विभागको वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमा उपलब्ध छ । आवेदन दिने अन्तिम समय २०८३ असार १७ गते बेलुका ५ बजेसम्म तोकिएको छ । अंग्रेजी भाषा दक्षता प्रमाणपत्र, प्रहरी रिपोर्ट, स्वास्थ्य अवस्थासम्बन्धी कागजात तथा स्वघोषणा पत्रसमेत अपलोड गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

छनोट प्रक्रिया गोलाप्रथा प्रणालीमार्फत हुने सूचनामा उल्लेख छ । प्रारम्भिक छनोटमा परेका उम्मेदवारको नामावली इजरायली पक्षलाई पठाइने र अन्तिम छनोटपछि मात्रै रोजगारी प्रक्रियामा सहभागी गराइने विभागले स्पष्ट पारेको छ । इजरायल जानुपर्ने श्रमिकले स्वास्थ्य परीक्षण, बीमा, तालिम, राहदानी, भाषा परीक्षा शुल्कलगायत शीर्षकमा निश्चित खर्च व्यहोर्नुपर्नेछ । विभागले तोकेको विवरणअनुसार विभिन्न शुल्क र प्रक्रिया पूरा गरेपछि मात्रै श्रमिक इजरायल जान पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...