प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी



हाम्रो इकोनोमि

 

 नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुखलाई रुलिङ गर्न माग गरे ।

उनले भने, झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकार र त्यसका प्रमुख यो संसद्सँग किन तर्सिरहनुभएको छ  ? यो संसद्सँग किन टाढा भइरहनुभएको छ  ? यसबाट यसलाई छल्न खोजिरहनुभएको छरु यो आज आम नेपाली जनता र हामी यो संसद्मा प्रतिनिधित्व गर्ने सबैको प्रश्न हो । संसद्ले उत्पादन गरेको प्रधानमन्त्री संविधान र नियमावलीविरुद्ध गएको आरोप लगाए ।

उनले थपे प्रधानमन्त्री किन सदनलाई किन इग्नोर गर्न खोजिरहनुभएको छ  ? खोपीको देउता बन्दै हुनुहुन्छ रु के प्रधानमन्त्री बालेन शाहलाई खोपीको देउता बनाउँदै घण्टी हल्लाएर पूजा गरेको हो रु घण्टी बजाएर पूजा गर्दै हो ? के गर्न के बालेनतन्त्र चाहिँ स्थापना गर्न खोजिएको हो ? लोकतन्त्रको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ? संविधानको चीरहरण गरेर कुनै बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ? आज यी प्रश्नहरू गम्भीर रूपमा उठेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...