प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी



हाम्रो इकोनोमि

 

 नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुखलाई रुलिङ गर्न माग गरे ।

उनले भने, झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकार र त्यसका प्रमुख यो संसद्सँग किन तर्सिरहनुभएको छ  ? यो संसद्सँग किन टाढा भइरहनुभएको छ  ? यसबाट यसलाई छल्न खोजिरहनुभएको छरु यो आज आम नेपाली जनता र हामी यो संसद्मा प्रतिनिधित्व गर्ने सबैको प्रश्न हो । संसद्ले उत्पादन गरेको प्रधानमन्त्री संविधान र नियमावलीविरुद्ध गएको आरोप लगाए ।

उनले थपे प्रधानमन्त्री किन सदनलाई किन इग्नोर गर्न खोजिरहनुभएको छ  ? खोपीको देउता बन्दै हुनुहुन्छ रु के प्रधानमन्त्री बालेन शाहलाई खोपीको देउता बनाउँदै घण्टी हल्लाएर पूजा गरेको हो रु घण्टी बजाएर पूजा गर्दै हो ? के गर्न के बालेनतन्त्र चाहिँ स्थापना गर्न खोजिएको हो ? लोकतन्त्रको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ? संविधानको चीरहरण गरेर कुनै बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ? आज यी प्रश्नहरू गम्भीर रूपमा उठेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...