जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल



हाम्रो इकोनोमि

 

नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत् बास्कोटाले उस्तै – उस्तै प्रकृतिका विभाग र फाँट नामकै लागि राखिएको टिप्पणी गरेका छन् ।

आफूले जिम्मेवारी नमागेको, सुनेपछि लागेको कुरा भनेको उनको प्रष्टोक्ति छ । बास्कोटालाई भूमि व्यवस्था विभाग प्रमुखमा प्रस्ताव गरिएको छ । उनले कामकाजी नहुने संगठनमा व्यक्तिका नामको चाङ किन चाहियो, भन्दै प्रश्न सोधेका छन् ।

बास्कोटाको भनाइ जस्ताको तस्तै

एमालेले उस्तै उस्तै प्रकृतिका विभाग र फाँट नामकै लागि किन राख्नु ? जसमाथि पूरा भरोसा छ,उसैलाई काम दिए भैगो नि ! मर्जिङ गर्नु राम्रो । कामकाजी नहुने नामधारी हुने संगठनमा व्यक्तिका नामको चाङ किन चाहियो ? मागेको हैन,सुनेपछि लागेको कुरा भनेको ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...