जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल



हाम्रो इकोनोमि

 

नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत् बास्कोटाले उस्तै – उस्तै प्रकृतिका विभाग र फाँट नामकै लागि राखिएको टिप्पणी गरेका छन् ।

आफूले जिम्मेवारी नमागेको, सुनेपछि लागेको कुरा भनेको उनको प्रष्टोक्ति छ । बास्कोटालाई भूमि व्यवस्था विभाग प्रमुखमा प्रस्ताव गरिएको छ । उनले कामकाजी नहुने संगठनमा व्यक्तिका नामको चाङ किन चाहियो, भन्दै प्रश्न सोधेका छन् ।

बास्कोटाको भनाइ जस्ताको तस्तै

एमालेले उस्तै उस्तै प्रकृतिका विभाग र फाँट नामकै लागि किन राख्नु ? जसमाथि पूरा भरोसा छ,उसैलाई काम दिए भैगो नि ! मर्जिङ गर्नु राम्रो । कामकाजी नहुने नामधारी हुने संगठनमा व्यक्तिका नामको चाङ किन चाहियो ? मागेको हैन,सुनेपछि लागेको कुरा भनेको ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...