प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने र जनताको मतको उपेक्षा गर्ने काम गरेको आरोप लगाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री विधेयक पेश गर्न समेत नआएको भन्दै विपक्षीहरूले विरोध गरेका छन् । सो बीचमा एमाले सांसद ऐनबहादुर महरले संविधानको धारा ७६ को १० बमोजिम प्रधानमन्त्री गम्भीर नबनेको बताए ।

कुरा नियमावलीको होइन, विषय नियतको हो । प्रधानमन्त्रीज्यूको नियत सदनलाई छल्ने, अपमान गर्ने, जनताको मतको उपेक्षा गर्ने छ, सांसद महरले भने, संविधानको धारा ७६ को १० बमोजिम सदनप्रति सरकार उत्तरदायी बन्नुपर्ने र जनताको आवाजहरू सुनुवाइ गर्नुपर्छ भनेर भनेका थियौं ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावलीको नियम ७९ को नियम ५६ को व्यवस्थालाई अनदेखा गरेको उनले आरोप लगाए । यसले प्रधानमन्त्रीलाई थप स्वेच्छाकारी, निरंकुश बाटोमा हिंड्न उत्प्रेरित गरेको छ, महरले भने ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...