प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ



हाम्रो इकोनोमि

 

 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै आज पनि आलोचना गरे । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई सदनमा अनिवार्य आउन रुलिङको माग गरे ।

उनले भने, हामीले बारम्बार प्रश्न उठाएका छौँ, हाम्रो आफ्नो व्यक्तिगत प्रश्न नभएर जनताका प्रश्नहरू हामीले सरकारका सम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेका छौँ । सीमानाको कुरादेखि लिएर महँगी नियन्त्रण, सहकारी पीडितलाई फिर्ता गर्दै गरेको पैसाको स्रोतलगायतको विषयमा हामीले थुप्रै प्रश्न राख्न खोजेका छौँ । उनले आफूहरूले सुकुमबासी व्यवस्थापनसँग सम्बन्धित प्रश्न गर्न चाहेको बताए ।

उनले थपे, सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि नआउने, छलफलमा पनि नआउने, हाम्रो नियमावलीको १५ को २, नियमावली १५ को उपनियम २ लागू भएको देखिँदैन । यो संसद्प्रति सरकार जवाफदेही हुनैपर्छ, जनताप्रति सरकार जवाफदेही हुनैपर्छ, बन्नैपर् छ। यहाँले कडा तरिकाले रुलिङ गर्नुपर्छ। कर्तव्यदेखि भाग्ने उहाँहरूको चलन छ, यसप्रति हाम्रो घोर आपत्ति छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...