नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना पक्राउ



हाम्रो इकोनोमि

 

 

 महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ । त्यहाँबाट ठूलो मात्रामा रेडलेवल, ब्ल्याक लेवललगायत महंगा ब्राण्डेड रक्सीसमेत बरामद भएको सशस्त्र सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाए । सशस्त्रको इन्टेलिजेन्स व्यूरोको सूचनाका आधारमा विर्खबहादुर तामाङको घरमा अवैध रुपले नक्कली ब्राण्डेड मदिरा तयार गरिरहेका चार जनालाई समेत नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिईएकामा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–२ बस्ने ३० वर्षीय मनोज खत्री, सोही जिल्लाको खिम्ति गाउँपालिका बस्ने २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–६ बस्ने २२ वर्षीय छिदेन निमा तामाङ छन् । सशस्त्रले रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजश्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको छ । बरामद रक्सी ठूलो परिमाणमा रहेकोले यकिन गर्न नसकिएको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...