नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना पक्राउ



हाम्रो इकोनोमि

 

 

 महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ । त्यहाँबाट ठूलो मात्रामा रेडलेवल, ब्ल्याक लेवललगायत महंगा ब्राण्डेड रक्सीसमेत बरामद भएको सशस्त्र सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाए । सशस्त्रको इन्टेलिजेन्स व्यूरोको सूचनाका आधारमा विर्खबहादुर तामाङको घरमा अवैध रुपले नक्कली ब्राण्डेड मदिरा तयार गरिरहेका चार जनालाई समेत नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिईएकामा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–२ बस्ने ३० वर्षीय मनोज खत्री, सोही जिल्लाको खिम्ति गाउँपालिका बस्ने २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–६ बस्ने २२ वर्षीय छिदेन निमा तामाङ छन् । सशस्त्रले रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजश्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको छ । बरामद रक्सी ठूलो परिमाणमा रहेकोले यकिन गर्न नसकिएको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...