माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार



हाम्रो इकोनोमि

 

 

डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल आइटी कर्जा नामक नयाँ कर्जा योजना अगाडी सारेको छ। सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई सशक्त बनाउने लक्ष्य सहित सुरुवात गरिएको यस कर्जा योजनाले सूचना प्रविधिको क्षेत्रमा आईरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नेपालमा विकसित हुँदै गएको सूचना प्रविधिलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले गरेको छ । साथै, यस कर्जाले नेपालका आईटी/सफ्टवेयर कम्पनीहरूलाई चालू पुँजी, पूर्वाधार तथा सञ्चालन विस्तारका लागि सहज रूपमा वित्तीय पहुँच उपलब्ध गराउने योजना राखेको छ ।

यस योजना अन्तर्गत कर्जा लिनका लागि सम्बन्धित सरकारी निकायमा दर्ता भएका व्यवसायहरू मात्र योग्य हुनेछन् । यसमा आईटी/सफ्टवेयर फर्म (एकल वा साझेदारी), प्राइभेट लिमिटेड कम्पनीहरु पदर्छन् र यस्ता कम्पनीहरूले प्यान, भ्याट जस्ता कर नियमितरुपमा तिरेको हुनुपर्नेछ । यस्ता कम्पनीहरू सफ्टवेयर विकास, आईटी आउटसोर्सिङ, आईटी सेवा,साइबर सुरक्षा, फिनटेक, एआई, मेशिन लर्निङ जस्ता क्षेत्रमा काम गर्ने हुनुपर्नेछ र कम्तीमा दुई वर्ष देखि सञ्चालनमा रहेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...