प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख



हाम्रो इकोनोमि

 

 

सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउन आदेश गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध गरेको छ । उनीहरूले सुरुमा प्ले कार्ड सभामुखलाई अगाडि गएर देखाए । त्यसपछि छातीमा पर्चा टाँसेर सभाको बैठकमा सहभागी भए ।

त्यसपछि सभामुखले भने श्रम संस्कृति पार्टीकोतर्फबाट माननीय सदस्यहरूले पर्चा लिएर सभामुखको अगाडि प्रदर्शन गर्नुभयो’ उनले भने प्रतिनिधिसभाको यो सभा साच्चि नै महत्वपूर्ण हुने र कानुन निर्माण गर्ने महत्वपूर्ण थलो हो । यसक्रममा सभामुखले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्मा नदेखाउन आदेश गरेका हुन् ।

सभामुखले अर्यालले भनेका छन्, त्यसकारणले विरोध गर्ने बिभिन्न शैलीहरू हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ । मर्यादामा बसेर विरोध गरिदिन म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रुपमा पनि लिइदिन म जानकारी गराउँछु । यस्तो शैलीलाई उनले असंसदीय समेत भनेका छन् ।

‘पर्चा देखाएर विरोध गर्ने सदनमा यो हाम्रा कानुन अथवा नियमावली न हाम्रा प्राक्टिस कसैले पनि दिएको देखिँदैन्’ सभामुखले भनेका छन्, यसकारण आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नका लागि म जानकारी गराउँछु । सभामुखले यस्तो आदेश गरेपछि पनि श्रम संस्कृतिका पार्टीका सांसदहरू छातीमा पर्चा टाँसेरै बसिरहेका छन् ।

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए । तर, प्रधानमन्त्री उपस्थित भएनन् । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए ।

संसद्‍मा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको छ । त्यो पनि जेठ महिना र असार महिनाको संसदीय क्यालेन्डरमा छैन । यस्तो बेला श्रम संस्कृति पार्टीले संसद्‍मै प्ले कार्ड देखाएर विरोध जनाएको हो । यस्तो शैलीलाई सभामुखले संसदीय मर्यादा विपरीत रहेको भनेर विरोधको शैली बदल्न आदेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...

एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान...

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

    राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका निम्ति राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ...

रास्वपाको ६४ जिल्ला र ४ वटा प्रदेशको नेतृत्व टुंगियो

    पहिलो राष्ट्रिय महाधिवेशनको संघारमा रहेको रास्वपाले ६४ जिल्ला र ४ वटा...