मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?



हाम्रो इकोनोमि

 

 

३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना गरेको छ । मदननगर बल्खुमा मदन-आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको हो । स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, अध्यक्ष केपी ओलीबाहेक अधिकांश एमाले पदाधिकारी, जनवर्गीय संगठनका नेताहरू उपस्थित थिए । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, अध्यक्ष केपी ओलीबाहेक अधिकांश एमाले पदाधिकारी, जनवर्गीय संगठनका नेताहरू उपस्थित थिए ।

नेताहरूले मदन आश्रितका योगदानको चर्चा गरे । एमालेले मदन आश्रित स्मृति दिवस प्रभावकारी रूपमा मनाउन ६ दिनअघि नै देशभर सर्कुलर गरेको थियो । देशभर विचार गोष्ठी गर्ने, सञ्चार माध्यममा जनताको बहुदलीय जनवादका बारेमा परिसंवाद आयोजना गर्न एमालेको निर्देशन थियो । यस्तै वृक्षरोपण, रक्तदान, स्वास्थ्य शिविर, कैदीबन्दी भेट्ने, अस्पतालमा बिरामी भेट्ने तथा फलफूल वितरण गर्ने र मदन आश्रितका तस्बिर सार्वजनिक स्थलमा सजाएर राख्न पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...