मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?



हाम्रो इकोनोमि

 

 

३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना गरेको छ । मदननगर बल्खुमा मदन-आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको हो । स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, अध्यक्ष केपी ओलीबाहेक अधिकांश एमाले पदाधिकारी, जनवर्गीय संगठनका नेताहरू उपस्थित थिए । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, अध्यक्ष केपी ओलीबाहेक अधिकांश एमाले पदाधिकारी, जनवर्गीय संगठनका नेताहरू उपस्थित थिए ।

नेताहरूले मदन आश्रितका योगदानको चर्चा गरे । एमालेले मदन आश्रित स्मृति दिवस प्रभावकारी रूपमा मनाउन ६ दिनअघि नै देशभर सर्कुलर गरेको थियो । देशभर विचार गोष्ठी गर्ने, सञ्चार माध्यममा जनताको बहुदलीय जनवादका बारेमा परिसंवाद आयोजना गर्न एमालेको निर्देशन थियो । यस्तै वृक्षरोपण, रक्तदान, स्वास्थ्य शिविर, कैदीबन्दी भेट्ने, अस्पतालमा बिरामी भेट्ने तथा फलफूल वितरण गर्ने र मदन आश्रितका तस्बिर सार्वजनिक स्थलमा सजाएर राख्न पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...