प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका छन् । संसदीय लोकतन्त्रको अभ्यास गरिरहेका मुलुकहरूमा संसद्को गरिमा र महत्त्व उच्च रहने भन्दै प्रधानमन्त्री सदनमा नगएकोप्रति प्रश्न उठाए ।

उनले भनेका छन्, हामीले प्रधानमन्त्रीय पद्धति अभ्यास गरेका छौँ । यसको मतलब राष्ट्रपतिद्वारा वाचन गरिएको नीति तथा कार्यक्रम रूपमा सरकारको तर सारमा प्रधानमन्त्रीको अवधारणा मानिन्छ । त्यस सम्बन्धी उठेका प्रश्नमा स्वयं अवधारणाकारको अलवा अरू कसले चित्तबुझ्दो जवाफ दिनसक्ला र ? प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनु भनेको संसद्मा भाग लिने, छलफलमा उठेका सवाललाई स्पष्ट पार्ने, संसद्को निर्णय र निर्देशन पालना गर्ने गराउने कुरा हो र यसलाई प्रधानमन्त्रीले आफÞनो कर्तव्य र दायित्वका रूपमा बुझ्नु पर्दछ । तर हाम्रा प्रधानमन्त्री यो संवैधानिक तथा पदीय दायित्वबाट किन भाग्न खोजिरहनु भएको छ  ?

प्रधानमन्त्रीय प्रणालीमा राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सरकारको भए पनि सारमा प्रधानमन्त्रीकै अवधारणा हुने जिकिर गरे । प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनु भनेको संसद्मा उपस्थित हुने, छलफलमा उठेका प्रश्नको स्पष्ट जवाफ दिने तथा संसद्का निर्णय र निर्देशन कार्यान्वयन गर्ने दायित्व भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...