वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक



हाम्रो इकोनोमि

 

 

जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वैशाखको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.३४ प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर वैशाख महिनामा ४.४ प्रतिशत विन्दुमा थियो ।

संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । वैशाखमा ३.२२ प्रतिशत रहेको यस्तो ब्याजदर जेठमा ३.२० प्रतिशत कायम भएको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ५ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंक रहेका छन् । सिद्धार्थ बैंक र सिटिजन्स बैंकले भने जेठका लागि ब्याजदर बढाएका छन् । अन्य बाँकी वाणिज्य बैंकले वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

 

कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?    

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...