प्रधानमन्त्रीको खोजी गर्दै संसद्‍मा नाराबाजी



हाम्रो इकोनोमि

 

 

विपक्षी सांसदहरूले संसद्‍मा प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजी गरेका छन् । प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै विपक्षी सांसदहरूले नाराबाजी गरेका हुन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएपछि विपक्षीहरूले संसद्‍‍मा नाराबाजी गरेका हुन् ।

आजदेखि नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले नाराबाजी गरेका हुन् ।

विपक्षी सांसदहरू उठेर विरोध जारी राखेपछि अहिले सभामुखले विपक्षी दलका सांसदहरूले आफ्नो धारणा राख्ने मौका दिएका छन् । उनीहरूले संसद्‍मा अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् । प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद् हलबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...