भाग्दै गर्दा सिन्धुलीबाट पक्राउ परेका थिए ज्योति पाण्डे



हाम्रो इकोनोमि

 

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले ठगी तथा आपराधिक विश्वासघातको आरोपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।

ब्युरोका अनुसार ६३ वर्षीय पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित बसपार्क क्षेत्रबाट गएराति ८ बजे पक्राउ गरिएको हो । मोबाइल फोन स्वीचअफ गरी भागिरहेको अवस्थामा सवारी चेकिङका क्रममा पाण्डेलाई पक्राउ गरिएको प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

के हो घटना ?

विज्ञप्ति अनुसार, नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका कारण स्मार्ट टेलिकम प्रालिको इजाजतपत्र खारेज गरी त्यसको सम्पूर्ण सम्पत्ति र प्रणाली आफ्नो नियन्त्रणमा लिएको थियो । सोही सम्पत्ति व्यवस्थापनका क्रममा नेपाल सरकारको हक र स्वामित्व रहने सम्पत्तिलाई बेइमानीपूर्वक सरकारी हक छुटाउने उद्देश्यले काम गरेको आरोप पाण्डेमाथि आरोप छ । पाण्डे नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको लोन रिकभरी कमिटीका अध्यक्ष समेत थिए । बैंकले २०८२ असोज ३ गते निकालेको लिलामी सूचनामा स्मार्ट टेलिकमको घरभाडा र विद्युत महसुलबापतको ४० करोड रूपैयाँ समेत कबोल गरी बोलपत्र पेश गर्नुपर्ने उल्लेख गरिएको थियो ।

तर, बोलपत्रदाताबाट सो रकम असुल गरे पनि बैंकले घरधनीलाई भाडा भाडा नतिरेको साथै विद्युत महसुल बुझाएन । यसरी रकम लिएर पनि सम्बन्धित पक्षलाई भुक्तानी नगरी सरकारी र सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको र ठगी तथा आपराधिक विश्वासघात गरेको अभियोगमा उनीमाथि अनुसन्धान सुरू सीआईबीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...