प्रतिनिधि सभामा गएनन प्रधानमन्त्री बालेन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा बोलाउन नेपाली कांग्रेसले माग गरेको छ । प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सांसद निश्कल राईले सभामुखको रुलिङ मागेका हुन् । ‘हजुर हाम्रो नायक पनि हो । तपाईंले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन, राईले भने, त्यसैले सभामुख मार्फत तत्काल सम्माननीय ज्यूलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु ।

सरकारकै नीति तथा कार्यक्रम माथि छलफल भइरहेकाले प्रधानमन्त्रीको उपस्थिति यसअघि पनि माग राखिएको उनले सम्झिए । तर आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको बैठकमा पनि प्रधानमन्त्रीको अनुपस्थितिप्रति उनले असन्तुष्टि जनाए ।

हिजो बसेको प्रतिनिधिसभा बैठकमा हाम्रो दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिन्ता चासो राख्दै सदनमार्फत समस्त नेपाली नागरिकलाई जानकारी गराउन माग गर्नुभयो, राईले भने  प्रधानमन्त्रीको उपस्थिति खोज्नुभयो । तर आज पनि अवस्था उस्तै छ । सदनमा मैले सम्माननीय प्रधानमन्त्रीलाई देखिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...