प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँ : गोकुल बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क राखेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले जिल्ला समन्वय समिति (जिसस) अनावश्यक भएको र पालिका तथा केन्द्रका बारे मात्रै संशोधन जरुरी भएको बताएका छन् ।

उनले भनेका छन्, पहिला रास्वपा संघीयता खारेज गर्ने भन्थ्यो, अब संविधान संशोधन गर्छ कि गर्दैन ? गर्ने हो भने केन्द्र र पालिका मात्र होस् । उनले राष्ट्रिय सभा १०५ सिटको हुनुपर्ने र पूर्ण समावेसी हुनु पर्ने बताएका छन् । भनेका छन्,  महिला–पुरुष ५०–५० प्रतिशत, उपराष्ट्रपति नै सभाध्यक्ष हुने व्यवस्था होस् । उनले प्रतिनिधिसभाको समानुपातिक सिट खारेज गरेर प्रत्यक्षमा महिला पुरुष ६०–४० प्रतिशत अनिवार्य बनाउनु पर्ने तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...