लिपुलेकबारे सरकारले लिएको अडान ठिक छ : गोकुल बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले लिपुलेक सीमा विवादमा सरकारले लिएको अडानलाई सही रहेको बताउनुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भारतले पुरानै अडान दोहोर्‍याएको र चीनले यसलाई आफ्नो समस्या नभएको बताउने सम्भावना रहेको उल्लेख गर्नुभएको छ । कूटनीतिक सन्दर्भमा ‘बोल्यो–बोलेन’ भन्ने बहसको खास अर्थ नरहेको उहाँको भनाइ छ ।

उहाँले वर्तमान सन्दर्भमा कूटनीतिक सक्रियता र त्यसको परिणाममुखी मूल्याङ्कन आवश्यक रहेको धारणा राख्दै ग्रेटर नेपालका समर्थकका रूपमा चिनिने बालेन शाहको सम्भावित भारत भ्रमणप्रति चासो व्यक्त गर्नुभएको छ । ‘भारतले पुरानै कुरा भन्यो र चीनले-यो हाम्रो समस्या होइन भन्ने होला ।कूटनीतिमा बोल्यो,बोलेन भन्ने खालको दन्त बजानको खास अर्थ छैन । बरु ग्रेटर नेपालकै समर्थक ठानिने प्रम बालेनको भारत भ्रमण भयो भने हाम्रो अडान र परिणामको प्रतीक्षामा छु म चैँ, उहाँले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...