लिपुलेक हाम्रो भूमि हो : हर्क साम्पाङ



हाम्रो इकोनोमि

 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले लिपुलेक क्षेत्र नेपालको भूभाग भएको दाबी गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सन् १८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरेको सीमाअनुसार लिपुलेक नेपालकै भूभाग पर्ने उल्लेख गर्नुभएको हो । “लिपुलेक हाम्रो हो, भन्दै उहाँले ऐतिहासिक सन्धि र सिमाङ्कनका आधारमा नेपालको दाबी स्पष्ट रहेको बताउनुभएको छ । उक्त सन्धिले तोकेको सीमाअनुसार नेपालको भूगोल प्रष्ट रूपमा परिभाषित भएकाले त्यसमा कुनै अन्योल हुन नहुने उहाँको धारणा छ ।

नेपालको सहमतिविना भारले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र कब्जा गर्दै लिपुलेक-मानसरोवर सडक सञ्चालनमा ल्याए पछि साम्पाङले यो प्रतिक्रिया जनाउनुभएको हो । उहाँले सकार के हेरेर बसिरहेको छ भन्दै प्रश्न समेत गर्नु भएको छ ।

नेपालले  उक्त क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । केपी ओली प्रधानमन्त्री भएको बेला सो क्षेत्र समेटेको राजनीतिक नक्सा स‌ंसदकाे सर्वसहमतिले पारित गरिसकेको छ ।

तर भारतले लिपुलेकबाट चीनको मानसरोवर पुग्ने सडक सञ्चालन गरेपछि सरकारले हिजो प्रेस नोट जारी गरेर सो भूभाग आफ्नो भएको दाबी गरेको थियो । तर भारतले तत्काल प्रतिक्रिया जनाउँदै नेपालको दाबीमा कुनै तथ्य र प्रमाण नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...