सरकारले सुकुम्वासी बस्तीमा डोजर आतङ्क मच्चायो : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का नेता सूर्य थापाले सुकुम्वासी व्यवस्थापनका नाममा भइरहेको सरकारी कदमप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले वर्तमान सरकारको कार्यशैलीलाई जनविरोधी भएको आरोप लगाउँदै डोजर प्रयोगमार्फत बस्ती हटाउने कार्यलाई ‘आतङ्क’ को संज्ञा दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सुकुम्वासी बस्तीकाे डाेजर आक्रमणलाई विगतका ऐतिहासिक आक्रमणसँग तुलना  गर्नुभएको छ । उहाँका अनुसार सुकुम्वासी बस्तीमा डोजर चलाएर उठिबास गराउने कार्यले राज्यको जिम्मेवारीभन्दा बाहिर गएर अन्यायपूर्ण अभ्यासलाई प्रोत्साहन गरेको देखिन्छ ।

उहाँले सरकारमाथि धार्मिक तथा सांस्कृतिक संरचनामाथि समेत निशाना साधिएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले सामाजिक सद्भावमा असर पार्न सक्ने उल्लेख गर्नुभएको छ ।  ‘उहिले समसुद्दिन र गयासुद्दिनले मन्दिर र बिहारमा आक्रमण गरेका थिए, अहिले बालेले गरिरहेको देखिएको छ ! सुकुम्वासी बस्तीमा डोजर आतङ्क चलाएर उठिबास लगाउने जनविरोधी, पापी र दुष्ट कठपुतली सरकारले बिहार र मन्दिरमाथि समेत निशाना साँधेको छ’  उहाँले फेसबुकमा लेख्नु भएको छ ।

साथै, सार्वजनिक रूपमा अतिक्रमणकारी भनिएका केही सांसदहरूका घर तथा कार्यालय भने जोगिएको दाबी गर्दै कार्यान्वयनमा विभेद भएको उहाँको  टिप्पणी छ । कैलालीका क्षेत्रप्रसाद (केपी) खनाल, बुटवलका सागर ढकाल, शंखमूलका भरत पराजुली, हेटौँडाका प्रशान्त उप्रेती र दाङकी खिमा विकलगायत व्यक्तिहरूको संरचना सुरक्षित राखिएको प्रति उहाँले प्रश्न गर्नु भएको छ। यसले सरकारको नीतिमा समानता र निष्पक्षता नभएको उहाँकाे धारणा छ ।  किनभने, यी सबै घण्टी छाप- चुपचाप सुरक्षित गरिएकोमा बधाई छ ! नयाँको शासन यस्तो हुनुपर्छ र छिटोभन्दा छिटो जनआक्रोश चुलिएर बिदाइ हुनुपर्छ’ थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...