सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड



हाम्रो इकोनोमि

 

 नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको खिलाफमा भएको बताएका छन् । रुकुम पश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले सदनलाई छलेर अध्यादेश ल्याउने असहज भएको बताए ।

उनले भने, बोलाइसकेको सदनको अधिवेशनलाई रोकेर अध्यादेश ल्याउनु लोकतन्त्रका विरुद्ध छ, संवैधानिक मान्यताका पनि विरुद्ध छ । यस्तो गल्ती नगर्न हामीले सरकारलाई सावधान पनि गराएका छौँ । उनले अध्यादेश अब राष्ट्रपतिकहाँ पुगिसकेकाले के हुन्छ हेर्न बाँकी रहेको भन्दै अलोकतान्त्रिक विधि अपनाउने कुराले संविधानको मर्ममाथि प्रहार गर्ने टिप्पणी गरे ।

प्रचण्डले थपे, लोकतान्त्रिक तरिकाले अध्यादेश ल्याउने नै सकिँदैन भन्ने कुरा होइन, अध्यादेशको विशेष अवस्थामा आवश्यकता पर्छ । तर, आफैँले बोलाइसकेको सदन बैठकै नबसी त्यसलाई स्थगित गरेर अध्यादेश ल्याउने विधि गलत छ । संवैधानिक परिषद्मा आफ्नो पक्षमा मान्छे पार्ने उद्देश्यले ल्याइएको छ । उनले सरकारले काठमाडौंबाट सुरू गरेको सुकुमबासी बस्ती हटाउने कार्य देशभर लैजान लागेको भन्दै विरोध जनाए ।

उनले भने, देशैभरि ५०औँ वर्षदेखि बसेका ठाउँहरूबाट पनि वैकल्पिक व्यवस्था नगरी, वास्तविक सुकुमबासी हो होइन भन्ने कुराको पनि निधो नगरीकन बल प्रयोगको तरिकाद्वारा डोजर लगाइयो । गरिब निमुखाहरूलाई आहत हुने किसिमले काम सरकारले गरेको छ, यो विल्कुल गलत छ ।

उनले वास्तविक सुकुमबासीको यथार्थ स्थिति छानबिन गरेर वैकल्पिक व्यवस्थापछि समझदारीले हटाउनुपर्ने ठाउँमा सरकारले बल प्रयोग गरेको भन्दै असन्तुष्टि जनाए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...