विद्यालयमा डोजर चलाइएकोमा नेविसंघको आपत्ति



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसनिकट नेविसंघले सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै सरस्वती आधारभूत विद्यालयमा डोजर चलाएकोप्रति आपत्ति जनाएको छ । प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गर्दै २१ वर्षदेखि सञ्चालनमा रहेको विद्यालय भत्काइनुले २७५ विद्यार्थीको पठनपाठनमा असर परेकोमा आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, उक्त घटनाले त्यहाँ अध्ययनरत बालबालिकाको नियमित पठनपाठन, सिकाइ निरन्तरता तथा शिक्षाको अधिकारमा प्रत्यक्ष असर परेकोप्रति हामी गम्भीर रूपमा चिन्तित छौँ । विशेषतः आगामी २० गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने तयारी भइरहेका बेला २७५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय वैकल्पिक योजना विनै भत्काउनु अत्यन्त संवेदनशील एवं आपत्तिजनक विषय हो । बालबालिकाको शिक्षालाई कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिने गरी संवेदनशील र जिम्मेवार व्यवस्थापन गर्न नेविसंघको माग छ ।

प्रभावित बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन तत्काल सुरक्षित स्थानमा विद्यालय सञ्चालनका लागि वैकल्पिक स्थानको व्यवस्था गर्न, अस्थायी रूपमा वैकल्पिक कक्षा सञ्चालन गर्न, आवश्यक शैक्षिक सामग्री तथा शिक्षक व्यवस्थापन सुनिश्चित गर्न र विद्यालयलाई उचित स्थानमा स्थानान्तरण गर्न आवश्यक पहल तत्काल अघि बढाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सुकुमबासी तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा दीर्घकालीन रूपमा प्रभावित नहोस् भन्ने उद्देश्यले आवास, पुनर्स्थापना र शिक्षालाई एकीकृत रूपमा सम्बोधन गर्ने स्पष्ट नीति, योजना र कार्यान्वयनसहितको दीर्घकालीन समाधान अवलम्बन गर्न स्थानीय र सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदछौँ ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको आयकर योगदान ३१ अर्ब ९३ करोड

     नबिल बैंकले स्थापना भएदेखि आर्थिक वर्ष २०८२/८३ सम्म सरकारलाई ३१ अर्ब...

आधिकारिक कांग्रेस हामी हौँ : विमलेन्द्र निधी

    नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशनको तयारी...

स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

   निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने...

तोलामा १२ हजार दुई सयले घट्यो सुनको भाउ

    स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला...