इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम



हाम्रो इकोनोमि

 

 

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइएको बताएका छन् ।ट्रुथ सोशलमा पोस्ट गर्दै उनले ओभल अफिसमा इजरायली र लेबनानी अधिकारीहरू बीच भएको बैठकपछि युद्धविराम अवधि बढाउने निर्णय लिइएको बताएका छन् ।

ट्रम्पले बैठक अत्यन्तै सकारात्मक रहेको पनि उल्लेख गरेका छन् । बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित थिए । अमेरिका लेबनानका साथ मिलेर काम गर्ने छ, अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, यसबाट लेबनानले हिज्बुल्लाहसँग आफ्नो रक्षा गर्न सकोस् ।

उनले इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहु र लेबनानका राष्ट्रपति जोसेफ ओनको आथित्यता गर्ने पनि बताएका छन् । ओभल अफिसमा मिडियासँगको कुराकानीमा ट्रम्पले लेबनानी राष्ट्रपति र इजरायली प्रधानमन्त्री आगामी साता ह्वाइट हाउस आउने बताएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको आयकर योगदान ३१ अर्ब ९३ करोड

     नबिल बैंकले स्थापना भएदेखि आर्थिक वर्ष २०८२/८३ सम्म सरकारलाई ३१ अर्ब...

आधिकारिक कांग्रेस हामी हौँ : विमलेन्द्र निधी

    नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशनको तयारी...

स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

   निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने...

तोलामा १२ हजार दुई सयले घट्यो सुनको भाउ

    स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला...