काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गर्ने सरकारको तयारी



हाम्रो इकोनोमि

 

 

सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी गरेको छ । शनिबार बिहानदेखि नै बस्ती भत्काउने सरकारी तयारी छ । सरकारको निर्देशन पाएसँगै प्रहरीले बिहीबार साँझ माइकिङ थालेको थियो । उनीहरूलाई आज साँझसम्म बस्ती छाड्न अल्टिमेटम दिइएको छ ।

वैकल्पिक व्यवस्था गर्नुपर्ने, वास्तविक सुकुमबासी पहिचान गरी उचित व्यवस्थापनको नीतिगत निर्णय गर्नुअघि सरकारले हतारमा बस्ती हटाउने निर्णय गरेको भन्दै विरोध पनि भइरहेको छ । प्रहरीको माइकिङपछि केहीले सामान हटाउन पनि थालेका छन् । बागमती किनारका थापाथली, सिनामंगल, टेकु, बल्खु लगायत क्षेत्रमा सुकुमबासी बस्ती छ ।

टेकु र बल्खु क्षेत्रका  तस्बिरहरू-

        

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...