बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि दिइने बताएका छन् । नेपाल पत्रकार महासंघको आन्दोलनक्रममा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएको टोलीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री बानियाँले यो विषयमा आफूले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि जानकारी गराएको बताएका छन् । 

लोकतन्त्रको मर्मअनुसार, भावनाअनुसार निजीक्षेत्रलाई सँगै लिएर जानु पर्ने कुरा प्रधानमन्त्रीलाई सम्झाएँ, बानियाँले भने, ‘मिडिया हाउसलाई, कानूनबमोजिम दर्ता गर्न पाउने, विज्ञापन दिन्न पाइन्नँ भन्न हुन्न, सायद केन्द्र सरकारले पनि पाउँदैन होला भनेँ । यो त केन्द्र सरकारको पनि ब्लन्डर हो, यसले एकातिर निजीक्षेत्रका मिडियासँग अर्कोतिर हामीलाई परिपत्र गर्दा संघ सरकार र प्रदेश सरकारमा द्वन्द्व बढ्छ, पाएको अधिकारबारे जानकार भएका छौँ, बानियाँले भने, यसपछि प्रधानमन्त्रीले सरकारी टेन्डरबाहेक अरु होइन भन्ने प्रष्ट पार्नु भएको छ ।

बानियााले प्रमुख सचिवलाई यसबारे जानकारी गराइएको र बागमती प्रदेश सरकारमा टेन्डरबाहेक अरु सूचना निजी क्षेत्रलाई दिन निर्देशन दिइएको बताए । ‘रोकावट भए राम्रो हुन्न, बानियाँले भने, सरकारी टेन्डरबाहेक अरु सबै विज्ञापन निजीक्षेत्रले पाउनेछ, सबै मन्त्रालय र सचिवहरुलाई मुख्यसचिवमार्फत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...