बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि दिइने बताएका छन् । नेपाल पत्रकार महासंघको आन्दोलनक्रममा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएको टोलीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री बानियाँले यो विषयमा आफूले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि जानकारी गराएको बताएका छन् । 

लोकतन्त्रको मर्मअनुसार, भावनाअनुसार निजीक्षेत्रलाई सँगै लिएर जानु पर्ने कुरा प्रधानमन्त्रीलाई सम्झाएँ, बानियाँले भने, ‘मिडिया हाउसलाई, कानूनबमोजिम दर्ता गर्न पाउने, विज्ञापन दिन्न पाइन्नँ भन्न हुन्न, सायद केन्द्र सरकारले पनि पाउँदैन होला भनेँ । यो त केन्द्र सरकारको पनि ब्लन्डर हो, यसले एकातिर निजीक्षेत्रका मिडियासँग अर्कोतिर हामीलाई परिपत्र गर्दा संघ सरकार र प्रदेश सरकारमा द्वन्द्व बढ्छ, पाएको अधिकारबारे जानकार भएका छौँ, बानियाँले भने, यसपछि प्रधानमन्त्रीले सरकारी टेन्डरबाहेक अरु होइन भन्ने प्रष्ट पार्नु भएको छ ।

बानियााले प्रमुख सचिवलाई यसबारे जानकारी गराइएको र बागमती प्रदेश सरकारमा टेन्डरबाहेक अरु सूचना निजी क्षेत्रलाई दिन निर्देशन दिइएको बताए । ‘रोकावट भए राम्रो हुन्न, बानियाँले भने, सरकारी टेन्डरबाहेक अरु सबै विज्ञापन निजीक्षेत्रले पाउनेछ, सबै मन्त्रालय र सचिवहरुलाई मुख्यसचिवमार्फत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...