क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले



हाम्रो इकोनोमि

 

दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्केका छन् ।  

अमेरिकी मन्त्रीले अस्ति मध्यान्ह रास्वपा सभापति रवि लामिछानेसँग उनको बूढानीलकण्ठ नजिकै रहेको निवास पुगेर भेट गरेका थिए । हिजो बिहान पहिले परराष्ट्रमन्त्री शिशिर खनाल र पछि अर्थमन्त्री स्वर्णिम वाग्लेसँग मन्त्रालय पुगेर भेटे । अस्ति बिहान अमेरिकी दूतावास गए भने दिउँसो पाटन दरबार स्क्वाएरको भ्रमण गरे ।

हिजो बिहान मन्त्रीहरुलाई भेटेपछि उनी सिंहदरबारबाट सोझै मध्यान्हको समयमा बौद्ध स्तुपा पुगेका थिए ।  ती सबै भेटघाटमा अमेरिकी कार्यवाहक राजदूत स्कट उर्बम पनि सहभागी भएका थिए । 

रास्वपा सभापति लामिछाने, परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री वाग्लेसँग भएका भेटबारे उनै कपुरले सामाजिक सञ्जालबाट औपचारिक जानकारी मात्रै दिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...