नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार



हाम्रो इकोनोमि

 

 

सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेशिक अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा  गत चैत्र २७ देखि तीन दिनसम्म शिविर आयोजना गरिएको थियो ।

शिविरमा आएका ३९ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ। जटिल किसिमका एक जना बिरामीलाई काठमाडौँको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ । शिविरमा लामो समयदेखि उचित उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले निःशुल्क उपचार पाएका थिए ।

सिन्जा गाउँपालिका-५ की सम्झना रोकायाको शिविरमा आउँदा जलनका कारण उनको हात नचल्ने अवस्थामा थियो । शल्यक्रियापछि अब हात सिधा भएको र घर खेतको काम आफै गर्नसक्ने विश्वास पलाएको रोकायाले बताइन् । अब अरु कसैको भर पर्नु पर्दैन र आफैले सबै काम गर्न सक्ने भएकी छु भन्ने लागेको छ, मलाई उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु, उनले भनिन् ।

नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नु पर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) मनोजकुमार ज्ञवालीले भने । उनले आगामी दिनमा लुम्बिनी र मधेश प्रदेशमा पनि यस प्रकारका शिविर आयोजना गर्ने जानकारी दिए ।

फेक्ट नेपालको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राई सहितका विशेषज्ञ चिकित्सकको टोलीले कर्णाली प्रदेशका जलनका बिरामीहरु लक्षित शिविरमा शल्यक्रिया गरेका हुन् ।

जलन उपचार शिविर सञ्चालन गर्नु अघि कर्णाली प्रदेशका विभिन्न जिल्लाका १६ स्थानमा स्क्रिनिङ क्याम्प राखिएको थियो । स्क्रिनिङ क्याम्पमा फेक्ट नेपालका स्वास्थ्यकर्मीहरुले स्थानीय तहमै पुगेर प्रारम्भिक बिरामीहरुको विवरण लिएका थिए ।

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. गणेश थापाले कर्णाली प्रदेशमा धेरै मानिसहरु अझै पनि उचित उपचार नपाएर बसिरहेको अवस्थामा शिविर सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा राखे ।

बैंकले यसअघि सुदुरपश्चिममा नि:शुल्क जलन शिविर सञ्चालन गरेको थियो । गत फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको उक्त पहिलो शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा बढ्यो घरजग्गाको कारोबार

    आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले वृद्धि...

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

     नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६...

नाइमा नेपालको मोबिलिटी एक्स्पो २०२६ हुने

    नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले काठमाडौंस्थित द सोल्टी...

सूचनामा विभेदविरुद्ध पत्रकार महासंघको थप आन्दोलन घोषणा

    नेपाल पत्रकार महासंघको ललितपुरमा भएको राष्ट्रिय सम्मेलन ९ बुँदे घोषणा पत्र...