प्रचार सामग्रीमा एमालेले हट्यो ओलीको फोटो



हाम्रो इकोनोमि

 

नेकपा एमालेले सार्वजनिक कार्यक्रम र पार्टी प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको फोटो राख्न छाडेको छ । पार्टीको सचिवालय बैठकले २ वर्षअघि सार्वजनिक कार्यक्रमका ५ बुँदे मापदण्ड तयार पार्दै सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो । कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरूले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने सर्कुलर नै गरिएको थियो ।

यो निर्णयसँगै एमालेलाई ओलीले आफ्नो कम्पनी बनाउन खोजेको आरोप पनि लाग्यो । अहिले फेरि एमाले कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल, तत्कालीन महासचिव मदन भण्डारी र अध्यक्ष मनमोहन अधिकारीको तस्बिरमा फर्किएको छ । एमालेले भोलि कम्युनिष्टको पार्टीको ७७औँ स्थापना दिवस मनाउँदैछ । महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको स्थापना दिवसको प्रचार सामग्रीमा पनि पुष्पलाल, मदन र मनमोहनको मात्र तस्बिर छ । यसअघिका प्रचार सामग्रीमा ओलीलाई हाइलाइट्स गर्ने गरिएकोमा अहिले उनको तस्बिर नै छैन ।

फागुन २१ को चुनावमा पनि ओलीनिकटकै पदाधिकारी र अधिकांश एमाले उम्मेदवारले चुनावी प्रचार सामग्रीमा ओलीको फोटो राख्ने आँट गरेनन् । ओलीले नेतृत्व छाडेर पार्टी पुनर्गठन गर्नुपर्ने आवाज उठिरहँदा पार्टी प्रचार सामग्रीबाट ओलीको फोटो हटाइनुलाई आन्तरिकरूपमा अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...