चुनावमा खाएको धक्काको जिम्मेवारी कसले लिने : योगेश



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट आन्दोलनभित्र गम्भीर वैचारिक बहस आवश्यक रहेको बताएका छन् ।

पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको पार्टी पार्टी ७७औँ वर्षमा प्रवेश गर्दैगर्दा फुट, विभाजन, एकता, पुनर्गठन र रूपान्तरणका अनेक चरण पार गरेको उल्लेख गरेका छन् ।

मनमोहन अधिकारी र मदन भण्डारी जस्ता नेताले निर्माण गरेको विरासत अहिलेको नेतृत्वका लागि अग्नि परीक्षा बनेको उनको भनाइ छ । उनले पछिल्लो निर्वाचनमा खाएको धक्काको कारण नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीसँग जोडेर समीक्षा गर्नुपर्ने बताएका छन् ।

उनको भनाइ जस्ताको तस्तै-

सन् १९४९ अप्रिल २२ अर्थात् २००६ साल वैशाख ९ गते कमरेड पुष्पलालको नेतृत्वमा नर ब कर्माचार्य, नारानविलास जोशी, निरंजनगोबन्द वैद्य र मोतीदेबी श्रेष्ठ सहितले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । नेकपा स्थापना ७६ वर्ष पूरा भएर वैशाख ९ गते ७७ वर्षमा प्रवेश हुने छ । यस अवधिमा नेकपाले फुट, विभाजन, एकता, पुनर्गठन, रूपान्तरणका अनेक बाटो हिँडेको छ ।

सफलताको सगरमाथादेखि असफलता र निराशाको चरम अनुभव बेहोर्नु परेको छ । पुष्पलाल, मनमोहन र मदन भण्डारीजस्ता ऐतिहासिक युग नेताले निर्माण गरेको सफलताको विरासतमाथि पछिल्लो नेतृत्व र आउने पुस्ता अग्नि परीक्षामा रहेको छ । उग्रवामपन्थी अतिवाद र दक्षिणपन्थी बिचारका विरुद्धको वैचारिक तथा राजनीतिक सङ्घर्षबाट निर्माण भएको जनताको बहुदलीय जनवाद आज हामीसँग छ ।

तर प्रश्न छ के हामीले जबजलाई सही अर्थमा बुझेका छौँ  ? सोही अनुरूपको व्यवहार गरेका छौँ  ? फागुन २१ को निर्वाचनबाट किन चरम धक्का खायौँ  ? यसमा नीति, नेतृत्व, सङ्गठन, व्यवहार, कार्यशैली लगायतको दोष के के छ ?  जिम्मेवारी र जवाफदेहिता क-कस्ले लिनु पर्ने हो ? पार्टी र आन्दोलनको पुनर्जागरण र पुनःउत्थानको मार्ग के हो ? पार्टी स्थापना दिवसका अवसरमा यी र यस्ता सवालमा गम्भीर बहस गरौँ ।

राजधानीमा रहनुभएका कमरेडहरू यही वैशाख ९ गते अपराह्न २ : ०० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेट गरौँ । आपसमा विचार विमर्श गरौँ । राजधानी बाहिरका कमरेडहरू स्थापना दिवसका लागि तोकिएको स्थानमा भेटेर आवश्यक बहस तथा छलफल गरौँ ।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...