नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते



हाम्रो इकोनोमि

 

 

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ । संघीय संसद सचिवालयले आज सूचना जारी गरी यो जानकारी दिएको हो । सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्ष सिंहदरबारमा हुनेछ ।

शपथ ग्रहणमा आउँदा निर्धारित समयभन्दा दुई घण्टा अगावै आउन भनिएको छ । शपथ ग्रहणमा आउँदा सांसदहरुले केही कागजपत्रसमेत ल्याउनुपर्ने छ । सचिवालयले जारी गरेको सूचनामा लेखिएअनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको भनेर दिएको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपी) र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति ल्याउनुपर्ने छ ।

शपथ ग्रहणमा आउँदा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन संसद सचिवालयले भनेको छ । नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहनेले शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रम भन्दा तीन दिन अघि नै संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...