पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका नेताहरुबारे अनर्गल लाञ्छना लगाउने काम भइरहेको आरोप लगाएका छन् । उनले एक अर्काप्रति नकारात्मक टिप्पणी, घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने भन्दै एकता जोगाउन गम्भीर समीक्षा जरुरी भएको बताएका छन् ।

सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्, ‘हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओली पितृ शोकमा हुनुहुन्छ । सोही कारण पार्टी सचिवालय बैठकको अध्यक्षता आफूले गर्नु भएन । उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक भएको सबैमा जानकारी नै छ । यो समय हामी सबैका लागि पनि शोकको घडी हो । यस्तो बेलामा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ ।

उनले भनेका छन्, ‘यस्तो बेला पार्टीका मथिल्लो तहका नेताहरूबाट मलगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भैरहेको छ । शरू शर्मा नामको नक्कली फेसबुक आईडी यो काममा निक्कै सक्रिय छ ।

उनले पार्टीको एकता जोगाउनु, पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नु, गुमेको जनविश्वासलाई पुनः आर्जन गर्नु सबैको प्राथमिक महत्वको कार्यभार भएकाले उपयुक्त समयमा उपयुक्त बिधि र स्थापित प्रक्रियामार्फत तथ्य र तर्कसहित छलफल र बहस गर्न जरूरी भएको बताएका छन् । उनले पार्टी पंक्तिबाटै मिस इन्फरमेसन, डिसइन्फरमेसन र हेट स्पिच अन्त्य हुन जरुरी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...