ठाकुर गैरेको चुनावी प्रतिबद्धता सार्वजनिक



हाम्रो इकोनोमि

 

 

प्रतिनिधि सभा निर्वाचन–२०८१ का लागि पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेकपा एमालेका ठाकुर गैरेले जनताको जीवनस्तर परिवर्तन गर्ने स्पष्ट लक्ष्यसहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी र सुशासनलाई मुख्य आधार बनाएर प्रस्तुत घोषणापत्रलाई उनले पाल्पाको समग्र रूपान्तरणको कार्ययोजना भएको बताएका छन् ।

घोषणापत्रमा पाल्पालाई आर्थिक, सामाजिक र भौतिक विकासको दृष्टिले आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ । विगतमा विकासका अवसर केही स्थानमा सीमित हुँदा धेरै बस्ती पछाडि परेको उल्लेख गर्दै गैरेले गाउँ–नगर, धनी–गरिब र केन्द्र–परिधिबीचको असमानता घटाउने प्रतिबद्धता जनाएका छन् ।

शिक्षा क्षेत्र घोषणापत्रको पहिलो प्राथमिकतामा राखिएको छ । सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक दरबन्दी व्यवस्थापन, आधुनिक प्रविधिमा आधारित पढाइ र प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गर्ने योजना अघि सारिएको छ । गरिब, दलित, महिला तथा पिछडिएका समुदायका विद्यार्थीका लागि लक्षित छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै घोषणापत्रमा पाल्पाका ग्रामीण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने योजना समेटिएको छ । अस्पताल तथा स्वास्थ्य चौकीको भौतिक संरचना सुधार, चिकित्सक र स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था, निःशुल्क तथा सहुलियतपूर्ण उपचार कार्यक्रम र मातृशिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता गरिएको छ ।

कृषि र पशुपालन क्षेत्रलाई रोजगारी र आम्दानीको मुख्य आधार बनाउने लक्ष्यसहित आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा विस्तार, बीउबिजन र मलमा अनुदान, किसानलाई तालिम तथा बजार सुनिश्चित गर्ने योजना घोषणापत्रमा समावेश गरिएको छ । युवालाई कृषिमा आकर्षित गर्न सहुलियत ऋण र उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

रोजगारी सिर्जना घोषणापत्रको अर्को महत्वपूर्ण एजेण्डा हो । वैदेशिक रोजगारीमा जाने बाध्यता कम गर्न स्थानीय स्तरमै उद्योग, पर्यटन, कृषि र साना व्यवसाय प्रवर्द्धन गरी रोजगारका अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाइएको छ । सीपमूलक तालिममार्फत युवालाई आत्मनिर्भर बनाउने नीति अघि सारिएको छ ।

भौतिक पूर्वाधार विकास अन्तर्गत सडक सञ्जाल विस्तार, ग्रामीण बस्तीलाई सदरमुकाम र बजारसँग जोड्ने योजना, सुरक्षित खानेपानी, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ । दिगो र वातावरणमैत्री विकासलाई प्राथमिकता दिइने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई महत्व दिइएको छ । सार्वजनिक खर्चमा मितव्ययिता, भ्रष्टाचार नियन्त्रण, योजनामा जनसहभागिता र जनप्रतिनिधिको नियमित सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...