भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन



हाम्रो इकोनोमि

 

 

भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको जनाएको छ । सरकारले अन्तिमपटक थपेको म्यादभित्र प्रतिवेदन बुझाउने आयोगको तयारी छ ।

आयोगको प्रतिवेदन फागुन २१ गतेको चुनावअघि नआउने लगभग निश्चित भएको छ । चुनावअघि आयोगको प्रतिवेदन आउँदा सुरक्षा चुनौती बढ्ने र कतिपय उम्मेदवार नै कारबाहीको सिफारिसमा पर्ने अवस्था रहेकाले सरकारले सहज चुनाव सम्पन्न गर्ने उपायस्वरूप आयोगको म्याद थपेको हो ।

आयोग स्रोतका अनुसार भदौ २३ को घटनामा प्रत्यक्षरूपमा कुनै व्यक्तिलाई दोषी किट्नेबारे आयोग निष्कर्षमा पुगेको छैन । फिल्डमा खटिएका सुरक्षाकर्मी, त्यसको चेन अफ कमाण्ड र राजनीतिक नेतृत्वको भूमिकाको विश्लेषण गरेर भविष्यमा यस्ता घटना हुन नदिन के गर्ने भन्ने सुझाव प्रतिवेदनमा उल्लेख हुनेछ । भदौ २४ को विध्वंस, आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरूको भने भिडिओ फुटेज र फोटोहरूको आधारमा किटान गरेरै कारबाही सिफारिसको तयारी आयोगले गरेको छ । कारबाही सिफारिस पर्नेमा ९ जना जति अहिले प्रतिनिधिसभाका उम्मेदवार रहेको आयोग स्रोतको दाबी छ ।

त्यसमा अधिकांश रास्वपाबाट उम्मेदवार बनेकाहरु छन् । आयोगका एक पदाधिकारीका अनुसार भदौ २४ को बिध्वंशका मात्रै करीव १० हजार भिडिओ क्लिप संकलन भएका छन् । ती भिडिओ क्लिपहरू सुरक्षा निकाय,विभिन्न राजनीतिक दल, सर्वसाधारण व्यक्ति, निजी उद्योग प्रतिष्ठान र घरहरूका सीसीटिभी फुटेजहरूबाट संकलन भएका छन् । ती भिडिओका आधारमा पहिचान भएका ५ सयभन्दा बढी व्यक्तिहरूमाथि विभिन्न कारबाहीको सिफारिस हुँदैछ ।

त्यसमा प्रतिनिधिसभाका उम्मेदवार बनेका व्यक्ति पनि परेका छन् । आयोगले ती उम्मेदवारको नाम भने अहिले गोप्य राखेको छ । घटना विवरणको संकलन, विश्लेषण, अनुसन्धान र निष्कर्षका आधारमा प्रतिवेदन लेखनको काम अन्तिम चरणमा रहेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताएका छन् । सरकारलाई प्रतिवेदन बुझाएपछि त्यसको अध्ययन गरेर सार्वजनिक गर्ने वा नगर्ने अधिकार भने मन्त्रिपरिषदमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...