काठमाडौं-४ राजन भट्टराईको मास्टर प्लान: डुबान समस्यादेखि स्मार्ट सिटीसम्म



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार डा. राजन भट्टराईले आफ्नो निर्वाचन क्षेत्रको सर्वाङ्गीण विकासका लागि अत्यन्तै महत्त्वाकांक्षी र व्यवहारिक योजनाहरू सार्वजनिक गरेका छन् । ‘सबल र समृद्ध काठमाडौं-४’ को नारासहित मैदानमा उत्रिएका भट्टराईले क्षेत्रवासीले वर्षौँदेखि भोग्दै आएका आधारभूत समस्या समाधान गर्ने गरी आफ्नो विशेष कार्ययोजना अघि सारेका हुन् ।

डा. भट्टराईले सार्वजनिक गरेका प्रतिबद्धतामा विशेषगरी कपन र आसपासका क्षेत्रमा बर्खायाममा हुने डुबानको स्थायी समाधानलाई मुख्य प्राथमिकता दिइएको छ । उनले धोबीखोला करिडोरको स्तरोन्नति र ढल व्यवस्थापनलाई आधुनिक ढङ्गले अगाडि बढाउने योजना बनाएका छन् । मेलम्चीको पानी वितरणलाई न्यायोचित बनाउँदै प्रत्येक घरमा खानेपानी पुर्‍याउने र स्थानीय मुहानहरूको संरक्षण गर्ने विषयलाई पनि उनले विशेष जोड दिएका छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यको प्रत्यक्ष उपस्थिति बलियो बनाउनुपर्ने धारणा राख्दै डा. भट्टराईले बूढानीलकण्ठ अस्पतालको स्तरोन्नति र ज्येष्ठ नागरिकहरूका लागि टोल-टोलमा पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम अघि सारेका छन् । सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार र गुणस्तरीय शिक्षाको प्रत्याभूति उनको संकल्पको अर्को महत्वपूर्ण पाटो हो । व्यस्त सहरी जीवनलाई सहज बनाउन खुल्ला क्षेत्रहरूको संरक्षण गर्दै ‘स्मार्ट पार्क’ र व्यायामशाला निर्माण गर्ने योजनाले यस क्षेत्रको सौन्दर्य र जनस्वास्थ्यमा टेवा पुग्ने विश्वास गरिएको छ ।

आफूलाई कुनै ‘चुनावी पाहुना’ नभई क्षेत्रकै स्थायी बासिन्दाका रूपमा प्रस्तुत गर्दै डा. भट्टराईले यहाँको धुलो, हिलो र पानीको समस्यासँग आफू व्यक्तिगत रूपमै परिचित रहेको बताएका छन् । युवाहरूका लागि स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उनको योजनाले युवा वर्गमा नयाँ आशा जगाएको छ । निर्वाचनका समयमा गरिएका यी प्रतिबद्धताहरू केबल भोट माग्ने साधन मात्र नभई आफ्नो क्षेत्रप्रतिको ऋण तिर्ने संकल्प भएको उनको दाबी छ । विकासका एजेन्डामा स्पष्ट भिजन र ठोस कार्ययोजनासहित डा. भट्टराई मैदानमा उत्रिएपछि काठमाडौं-४ को चुनावी सरगर्मी थप बढेको छ ।

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...