भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुकुम्वासी, गरिबहरूको पक्षमा आफ्नो पार्टीको ध्यान रहेको बताएका छन् । दमकमा तीन पाङ्ग्रे सवारी चालकहरूसँगको भेटमा आफूले कोही भोकै हुनुहुँदैन, कोही पनि भोकै मर्दैन भन्ने नीतिका साथ अगाडि बढेको बताए । उनले भने, ‘सुकुम्वासी, गरिबहरूका सम्बन्धमा हाम्रो पार्टीले सबैभन्दा बढी ध्यान दिन्छ । हाम्रो नीति, कोही पनि भोकै हुनुहुँदैन, कोही पनि भोकै मर्दैन । हामीले झन्डै झन्डै भोकमरीको स्थिति अन्त्य गरेका छौँ । गरिबी अन्त्य गर्नका लागि हामीले प्रयास गरेका छौँ ।

उनले स्वास्थ्य बिमालाई परिवर्तन गरेर ३५ सय तिरेर १ लाखसम्मको उपचार गर्न पाइने व्यवस्था आफूले बनाएको बताए। उनले झापाको विकासलाई आफूले तीव्रता दिएको समेत जिकिर गरे । उनले भने, विकास सकिएको हुँदैन, अझै बाँकी हुन्छ । म प्रधानमन्त्री हुनुभन्दा अगाडि धेरै कठिन थियो । मूलभूत बाटाहरू पक्की भएका छन्, अब त्यसमा अरू कनेक्सन जोडिन बाँकी छ । दमक ठुलो नगरपालिका हो, यहाँको विकासका लागि हामी सधैँ लाग्नेछौँ । उनले आफू विराटनगरमा एउटा कार्यक्रम सकेर आजै काठमाडौं फर्किन लागेको समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...