भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुकुम्वासी, गरिबहरूको पक्षमा आफ्नो पार्टीको ध्यान रहेको बताएका छन् । दमकमा तीन पाङ्ग्रे सवारी चालकहरूसँगको भेटमा आफूले कोही भोकै हुनुहुँदैन, कोही पनि भोकै मर्दैन भन्ने नीतिका साथ अगाडि बढेको बताए । उनले भने, ‘सुकुम्वासी, गरिबहरूका सम्बन्धमा हाम्रो पार्टीले सबैभन्दा बढी ध्यान दिन्छ । हाम्रो नीति, कोही पनि भोकै हुनुहुँदैन, कोही पनि भोकै मर्दैन । हामीले झन्डै झन्डै भोकमरीको स्थिति अन्त्य गरेका छौँ । गरिबी अन्त्य गर्नका लागि हामीले प्रयास गरेका छौँ ।

उनले स्वास्थ्य बिमालाई परिवर्तन गरेर ३५ सय तिरेर १ लाखसम्मको उपचार गर्न पाइने व्यवस्था आफूले बनाएको बताए। उनले झापाको विकासलाई आफूले तीव्रता दिएको समेत जिकिर गरे । उनले भने, विकास सकिएको हुँदैन, अझै बाँकी हुन्छ । म प्रधानमन्त्री हुनुभन्दा अगाडि धेरै कठिन थियो । मूलभूत बाटाहरू पक्की भएका छन्, अब त्यसमा अरू कनेक्सन जोडिन बाँकी छ । दमक ठुलो नगरपालिका हो, यहाँको विकासका लागि हामी सधैँ लाग्नेछौँ । उनले आफू विराटनगरमा एउटा कार्यक्रम सकेर आजै काठमाडौं फर्किन लागेको समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...